नेपाल–अमेरिका टीफा काउन्सिल बैठक : व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल | Khabarhub Khabarhub

नेपाल–अमेरिका टीफा काउन्सिल बैठक : व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र अमेरिकाबीच द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल भएको छ ।

भर्चुअल माध्यमबाट भएको ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रीमेन्ट (टीफा) काउन्सिलको बैठकमा  द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल भएको हो ।

बैठकमा  नेपाली टोलीको नेतृत्व वाणिज्य सचिव डा. बैकुण्ठ अर्याल र युनाइटेड स्टेट्स ट्रेड रेप्रिजेन्टेटीभ (युएसटीआर) कार्यालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने असिस्टेन्ट ट्रेड रेप्रिजेन्टेटीभ क्रिस्टोफर विल्सनले नेतृत्व गरेका थिए ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले स्वागत मन्तव्य राख्दै टिफा परिषदमार्फत अहिलेसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए ।

बैठकमा प्रतिलिपी अधिकार, भन्सार तथा व्यापार, श्रमसम्बन्धी विषयहरू, विश्व व्यापार संगठनका सूचनाहरू, तथा नेपालको अन्तरराष्ट्रिय व्यापार तथा लगानी प्रतिस्पर्धा क्षमताको विकास लगायत विषयमा छलफल भएको थियो ।

बैठकमा नेपालले लगानीको वातावरण निर्माणका लागि गरिएका कानुनी र प्रक्रियागत सुधार, वैदेशिक लगानीको स्थितिका सम्बन्धमा अमेरिकी अधिकारीहरुलाई जानकारी गराएको थियो ।

नेपाल र अमेरिकाबीच सन् २०११ मा टीफामा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : ४१ बजे

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म