ए डिभिजन लिगः आजबाट सातौं चरणका खेल, मछिन्द्र र हिमालयन शेर्पा भिड्दै « Khabarhub

ए डिभिजन लिगः आजबाट सातौं चरणका खेल, मछिन्द्र र हिमालयन शेर्पा भिड्दै


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट सातौं चरणका खेल शुरु हुँदैछन् ।

लिगको सातौं चरणको खेल अन्तर्गत पहिलो दिन आज मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा अपराजित मछिन्द्रले १३ अंक जोडेको छ । लिगमा मछिन्द्रले ६ खेलमा ४ जित र २ बराबरी खेलेको छ ।

शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ । १३औं स्थानको शेर्पाले ६ खेलमा २ हार र ४ बराबरीसहित ४ अंक जोडेको छ । लिगको दोस्रो दिन शनिबार दुई खेल हुनेछन ।

शनिबार हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको ६ खेलमा ९ अंक जोडेको जावलाखेल पाँचौं स्थानमा रहेको छ । ६ खेलमा ८ अंक जोडेको पुलिस लिगको सातौं स्थानमा रहेको छ ।

शनिबार नै हुने दास्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा अपराजित रहेको मनाङले ६ खेलमा १२ अंक जोडेको छ । त्यस्तै थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ ।

त्यस्तै आइतबारको पहिलो खेलमा न्युरोड टिम एनआरटी र एपीएफ क्लबबीच खेल हुनेछ । एनआरटी ८ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ भने एपीएफ ५ अंक जोडेर ११औं स्थानमा रहेको छ । आइतबारै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।

फ्रेन्ड्स ५ अंक जोडेर लिगको १२औं स्थानमा रहेको छ । सरस्वती भने १ अंक जोडेर पुछारमा रहेको छ । सातौं चरणको अन्तिम दिन सोमबार दुई खेल हुनेछ ।

सातौं चरणको अन्तिम दिनको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र संकटा क्लब भिड्नेछन् । ब्रिगेड ७ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ । ८ अंक जोडेको संकटा आठौं स्थानमा रहेको छ ।

सोही दिन हुने दोस्रो खेलमा च्यासल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी १३ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । च्यासल ६ अंकसहित दशौँ स्थानमा छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ७ : ११ बजे

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए

सुनसरी– वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान

फाल्कल्यान्डको ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा : फिफाको कारबाहीमा पर्न सक्ने

काठमाडौँ – फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई पराजित गरेपछि

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल