समाजवादी पार्टीले शुरु गर्‍यो संगठन विस्तार तथा सुदृढीकरण अभियान | Khabarhub Khabarhub

समाजवादी पार्टीले शुरु गर्‍यो संगठन विस्तार तथा सुदृढीकरण अभियान


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान शुरु भएको छ ।

अभियान शुक्रबारदेखि सातै प्रदेशबाट एकसाथ शुरु भएको हो । गत वैशाखमा संघीय समाजवादी र नयाँ शक्तीबीच पार्टी एकीकरण भएपछि संगठन विस्तारका लागि अभियान शुरु गरिएको समाजवादी पार्टीका महासचिव गंगा श्रेष्ठले जानकारी दिए ।

अभियानको सुरुवात प्रदेश–१ मा वरिष्ठ नेता अशोक राई, प्रदेश–२ मा अध्यक्ष उपेन्द्र यादव, वागमती प्रदेशमा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, ५–प्रदेशमा उपाध्यक्ष नवराज सुवेदी, कर्णाली प्रदेशमा उपाध्यक्ष युवराज कार्की र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष हेमराज राईले गरेका छन् ।

देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण र पार्टीको विचार जनताबीचमा लैजाने उद्देश्य अभियानको रहेको श्रेष्ठले बताए ।

अभियान तीन महिनासम्म चल्ने छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १ : १६ बजे

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा