समाजवादी पार्टीले शुरु गर्‍यो संगठन विस्तार तथा सुदृढीकरण अभियान « Khabarhub

समाजवादी पार्टीले शुरु गर्‍यो संगठन विस्तार तथा सुदृढीकरण अभियान


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान शुरु भएको छ ।

अभियान शुक्रबारदेखि सातै प्रदेशबाट एकसाथ शुरु भएको हो । गत वैशाखमा संघीय समाजवादी र नयाँ शक्तीबीच पार्टी एकीकरण भएपछि संगठन विस्तारका लागि अभियान शुरु गरिएको समाजवादी पार्टीका महासचिव गंगा श्रेष्ठले जानकारी दिए ।

अभियानको सुरुवात प्रदेश–१ मा वरिष्ठ नेता अशोक राई, प्रदेश–२ मा अध्यक्ष उपेन्द्र यादव, वागमती प्रदेशमा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, ५–प्रदेशमा उपाध्यक्ष नवराज सुवेदी, कर्णाली प्रदेशमा उपाध्यक्ष युवराज कार्की र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष हेमराज राईले गरेका छन् ।

देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण र पार्टीको विचार जनताबीचमा लैजाने उद्देश्य अभियानको रहेको श्रेष्ठले बताए ।

अभियान तीन महिनासम्म चल्ने छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १ : १६ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत