‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष'मा सर्वोत्कृष्ट बने डीएसपी महर्जन | Khabarhub Khabarhub

‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’मा सर्वोत्कृष्ट बने डीएसपी महर्जन


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले  देशभर खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई देश र जनताको सुरक्षा तथा सहयोग एवं आपत-विपदमा परेकाहरुको उद्धार कार्यमा व्यावसायिक ढंगले क्रियाशील रहन निर्देशन दिएका छन् ।

चौथो समूहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को समापन कार्यक्रममा महानिरीक्षक खनालले सो कुरा बताएका हुन् ।

शुक्रबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहमा उनले सो कोर्षमा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जनलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गरे ।

सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जनलाई ‘वेष्ट एकेडेमिक अवार्ड’ प्रदान गरेका थिए । सशस्त्र प्रहरी महानिरीक्षक खनाल तथा प्रा.डा. भुसालले उक्त विशेष समारोहमा एपीएफ कमाण्ड तथा स्टाफ कलेज जर्नलको समेत लोकार्पण गरेका थिए ।

महानिरीक्षक खनालले सशस्त्र प्रहरी उपरीक्षक किरण ढुंगानालाई’ बेष्ट रिसर्च अवार्ड’ प्रदान गरेका थिए । सो अवसरमा उक्त कोर्ष पश्चात मध्यम तहका एपीएफ अधिकृतहरु आगामी दिनमा व्यावसायिक क्षेत्रमा कुशल क्षमताकासाथ कार्यसम्पादन गर्न सक्षम रहने विश्वास व्यक्त गरे ।

उनले कार्यक्षेत्रमा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न सो कोर्ष फलदायी रहने बताए । एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलता पूर्वक संचालन गर्न गृहमन्त्रालय, त्रिभुवन विश्वविद्यालय लगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सहयोग प्रति आभार प्रकट गरेका थिए । कार्यक्रममा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठले स्वागत मन्तव्य तथा सो कोर्षको विविध पक्षमा धारणा राखेका थिए ।

गत साल असोज २१ गतेबाट संचालित १६ महिना अवधिको सो कोर्षमा ३ जना सशस्त्र प्रहरी उपरीक्षक र ८ जना सशस्त्र प्रहरी नायव उपरीक्षक गरी कुल ११ जना अधिकृतहरु सहभागी रहेका थिए ।

कोर्षमा सहभागी अधिकृतहरुलाई स्टाफ ड्युटीज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व र व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञहरुद्वारा अध्यापन गराइएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ७ : १३ बजे

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको