शिक्षकको अश्लिल हर्कत सहन नसकेपछि १९ छात्राले लेखे ‘प्रिन्सिपल’लाई पत्र « Khabarhub

शिक्षकको अश्लिल हर्कत सहन नसकेपछि १९ छात्राले लेखे ‘प्रिन्सिपल’लाई पत्र


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालयमा विद्यार्थीहरु ज्ञान बटुल्न जान्छन् । गुरुको कर्तव्य उनीहरुलाई सत्मार्ग देखाउनु हो । गुरु शब्दको शाब्दिक अर्थ हुन्छ– अध्यारोबाट उज्यालोतर्फ लैजाने मार्गदर्शक ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश, त्यसैले सही अर्थमा गुरु ति हुन्- जसले आफ्ना शिष्यहरुलाई मार्गदर्शन दिन्छन् । सही बाटोमा हिड्न प्रेरित गर्छन् ।

तर, ललिपुरको एक विद्यालयका गुरुले गुरुको भूमिका ननिभाएको छात्राहरुको आरोप सार्वजनिक भएको छ । छात्राहरुले ‘प्रिन्सिपल’लाई निवेदन लेख्दै आफूमाथि गुरुले गरेको हिंसाको छानविनको माग गरेका छन् ।

३ देखि ५ कक्षा सम्म अध्ययन गर्ने छात्राहरुले सामूहिक रुपमा लेखेको निवेदनमा एक जना शिक्षकले बालिकामाथि गरेको व्यवहार निकै घीन लाग्दो छ ।

ललितपुरको टिकाथलीस्थित श्री नारायण आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरुले आफूहरुमाथि अभद्र व्यवहार भएको तथा आफूहरु अन्यायमा परेको भन्दै पत्रमार्फत न्याय खोजेका छन् ।

उनहरुले पत्रमा ‘नन्द’सरको नाम किटान गर्दै लेखेका छन्– ‘हामीलाई नराम्रो तथा अभद्र व्यवहार गरेकाले छानविन गरिदिन आग्रह गर्दछौं ।’

पत्रमा छात्राहरुले लेखेका छन्,‘हामी केटीहरुमाथि अन्याय अत्याचार भएको छ । केटीहरुलाई ढाडमा सुम्मुमाउने, छाती तिर छुन आउने, विभिन्न अंगहरुमा छुन आउने, नचाहिँदो व्यवहार गर्ने । हामी यस्तो समस्यामा परेका छौं । हामी यस्तो अत्याचार सहन सक्दैनौं । नन्दसरले हामीलई नराम्रो व्यवहार गरेकोले तपाईहरुले छानवीन गरिदिन अनुरोध गर्दछौं ।’

शिक्षकले दुर्व्यवहार गरेको भन्दै निवेदन दिनेमध्येका केही ९ वर्षका रहेका छन् भने अन्य १३ वर्ष मुनिका छन् । उनीहरुले सामाजिक शिक्षा पढाउने ५० वर्षीय शिक्षक नन्दप्रसाद निरौलामाथि दुर्व्यहारको आरोप लगाएका हुन् ।

हातले लेखिएको निवेदन उनीहरुले शुक्रवार विद्यालयकी प्रधानाध्यापक सविता सिलवाललाई पेश गरेका छन् । निवेदन दिने मध्ये अधिकांश १३ वर्ष मुनिका रहेका छन् ।

प्रिन्सिपल सिलवालका अनुसार निरौलाविरुद्ध यसअघि पनि छात्रामाथि हिंसा गरेको आरोप लागेको थियो ।

‘उनीमाथि यसअघि पनि यस्तै आरोप लागेको थियो, त्यसपछि उनको सरुवा भएको थियो’ सिलवालले भनिन्,‘निरौला सर एक वर्ष पहिला मात्र हाम्रो स्कुलमा सरुवा भएर आउनु भएको हो ।’

निरौलाको व्यवहारबारे जानकार रहेका महिला शिक्षिकाहरु भने उनीबाट टाढै रहने गरेको सिलवालले बताइन् ।

छात्राहरुले निवेदन दिएपछि प्रधानाध्यापकले स्कूल व्यवस्थापन समितिको बैठकसमेत बोलाएकी थिइन् । जहाँ अश्लील हर्कत गर्ने निरौलामाथि कानूनी कारवाहीको बाटोमा जाने विषयमा शिक्षहरु विभाजित भएका थिए । विद्यालयको नाम खराब हुने भन्दै मत बाँझिएको थियो ।

यस्तो छ निवेदन

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ८ : ४६ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने