यौन क्रियाकलापको पूर्ण विवरण दिने कण्डम (फोटो फिचर) « Khabarhub

यौन क्रियाकलापको पूर्ण विवरण दिने कण्डम (फोटो फिचर)


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वको पहिलो स्मार्ट कण्डम निर्माण कम्पनीले यौन क्रियालापको पूर्ण विवरण दिने कण्डम सार्वजनिक गरेको छ ।

ब्रिटेनको कम्पनीले उत्पादन गरेको आई डट कन (i.Con) नामक स्मार्ट कण्डममा ब्लूटूथ जडान गरिएको छ। जसले तपाईँको बेडमा हुने परफरमेन्सलाई समेत बताउन सक्दछ ।

कम्पनीले यो कण्डमले यौनजन्य रोगहरु पत्ता लगाउने, प्रयोगकर्ताको कार्यक्षमता देखाउने र यौन कार्यको समयमा कति क्यालोरी घट्यो भन्ने समेत जानकारी दिन्छ ।

यो एउटा कण्डम मात्र नभई कण्डमका साथमा लगाउन मिल्ने एउटा रिङ्ग हो, जसले प्रयोगकर्ताहरुको विभिन्न जानकारी स्मार्टफोन मार्फत दिन्छ ।

कम्पनीले सार्वजनिक गरेको फोटो हेर्दा यो एउटा रिङ्ग आकारमा रहेको वेयरेबल डिभाइस मात्र हो, जून अन्य लोकप्रिय सेक्स टोयजस्तै छ । जून लिङ्गको आधारमा राख्न सकिन्छ ।

यो डिभाइसको कयौं फाईदाहरु छन्, स्मार्टफोनमार्फत सम्पर्क हुने डिभाईसले व्यक्तिगत अन्तरंग गतिबिधिहरुको बारेमा गोप्य रुपमा जानकारी लिन्छ ।

उत्पादक ब्रिटिस कण्डमका अनुसार यो हलुका तथा वाटररेसिस्ट रहेको छ । जसमा नानो चिप र ब्लूटूथ प्रयोग गर्न सकिने प्रविधि छ ।

यसले प्रयोगकर्ताको यौन जीवनको तथ्यांकहरु दिएर सुधार्न सहयोग गर्दछ । यसबाट यौन कार्य अवधि, गति, र कम्मरको नापको जानकारी पाइन्छ ।

यो डिभाइसले क्यालोरी घटेको मात्रा, विभिन्न आसनहरु र यौनरोगहरु क्लामिडिया र सिफलिसको जानकारी राख्दछ । यो आई डट कन स्मार्ट कण्डमको मूल्य ८०.९९ अमेरिकी डलर तोकिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १२ : २१ बजे

अमरेशको चेतावनी : वर्तमान संविधान असफल भए १० वर्षसम्म नयाँ संविधान बन्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं–  जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको

रविले भने, ‘पार्टी र सरकारबीच प्रभावकारी समन्वय चाहिएको छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय