रिहाइको प्रक्रियाका लागि डिल्लीबजार कारागार पुर्‍याइए महरा « Khabarhub

रिहाइको प्रक्रियाका लागि डिल्लीबजार कारागार पुर्‍याइए महरा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) मुद्दामा सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महरालाई रिहाइको प्रक्रियाका लागि डिल्लीबजार कारागार लगिएको छ ।

मुद्दाको फैसला सुन्न सोमबार जिल्ला अदालत काठमाडौं पुगेका महरालाई प्रहरीले डिल्लीबजार कारागारतर्फ लगेको हो ।

डिल्लीबजार कारागार कार्यालयका अनुसार अदालतको फैसलाको संक्षिप्त विवरणसहित पत्र प्राप्त भएमा प्रक्रिया पूरा गरी महरालाई थुनामुक्त गरिने छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलाशले सोमबार महराविरुद्धको दावी नपुग्ने ठहर गर्दै सफाइको फैसला सुनाएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ३ : ११ बजे

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको