सडक भिजिजन कार्यालयका ईन्जिनियरविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा « Khabarhub

सडक भिजिजन कार्यालयका ईन्जिनियरविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन डिभिजन प्रमुख (सिनियर डिभिजनल ईन्जिनियर) जितेन्द्र कुमार चौधरीविरुद्ध झण्डै ४ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सार्वजनिक सेवामा रहँदा अकूत रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईन्जिनियर चौधरीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार ईन्जिनियर चौधरीले ३ करोड ९९ लाख ४४ हजार ३ सय ४२ रुपैयाँ बराबर अवैध रुपमा सम्पत्ति आर्जन गरेको देखिएको छ ।

अवैध रुपमा आर्जन गरिएको सम्पत्ति चौधरीले घर तथा जग्गामा लगानी गरेको, बैंकमा जम्मा गरेको तथा विभिन्न कामका लागि खर्च गरेको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले चौधरीविरुद्ध ३ करोड ९९ लाख ४४ हजार ३ सय ४२ बिगो कायम गरी बिगोअनुसार जरिवाना र २ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

अख्तियारले अवैध रुपमा आर्जन गरेको सम्पत्ति जफत प्रयोजनका लागि चौधरीकी श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरीलाई समेत प्रतिवादी बनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ५ : २८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको