आठ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट वञ्चित « Khabarhub

आठ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट वञ्चित


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीका नौ महिनादेखि पाँच वर्षसम्मका करिव २४ हजार ५ सय ५० बालबालिकालाई दादुरा–रुवेला रोग विरुद्धको खोप लगाउन अभियान शुरु भएको छ ।

अभियान यही चैत ३० गतेसम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रमेश मलासीले पहिलो चरणमा बोगटान फुड्सिल, जोरायल, बडिकेदार र केआइसिंह गाउँपालिका अभियान सञ्चालन हुने जानकारी दिए ।

त्यस्तै चैत्र १६ गतेदेखि दोस्रो चरणअन्तर्गत दिपायल सिलगढी र शिखर नगरपालिका, पूर्वीचौकी, आदर्श र सायल गाउँपालिकामा अभियान सञ्चालन हुने जनाइएको छ ।

कूल ५११ खोप केन्द्र, १२६ स्वास्थ्यकर्मी र एक हजार २२ स्वयंसेवक परिचालन गरिएको छ । ढुक्कसाथ आफ्ना बालबालिकालाई खोप लगाउन उहाँले आग्रह गरे ।

जोरायल गाउँपालिका–५ का लक्ष्मी ओलीले भने, “खोप लगाउँदा बालबालिकाको मृत्यु हुन्छ भन्ने हल्लाका कारण कतिपयले खोप लगाउन मान्दैनन्, गलत हल्ला फैलाउनेलाई कारवाही गर्नुपर्छ ।”

जिल्लामा आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित रहेका बताइएको छ । बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउनका सम्पूर्ण कर्मचारी आ–आफनो कार्यक्षेत्रमा खटिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, “दादुरा–रुवेलाविरुद्धको खोप लगाउन कर्मचारी खटिएका छन्, खोप लगाउन कुनै पनि बालबालिका नछुटुन् भन्ने हाम्रो उद्देश्य हो ।”

त्यस्तै डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाइने भएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।

यो अभियानमा नौ जिल्लामा कूल पाँच हजार २०० खोप केन्द्र र नौ हजार ३०० स्वयंसेवक परिचालन गरिएको बताइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ९ : ३३ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका