आठ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट वञ्चित « Khabarhub

आठ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट वञ्चित


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीका नौ महिनादेखि पाँच वर्षसम्मका करिव २४ हजार ५ सय ५० बालबालिकालाई दादुरा–रुवेला रोग विरुद्धको खोप लगाउन अभियान शुरु भएको छ ।

अभियान यही चैत ३० गतेसम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रमेश मलासीले पहिलो चरणमा बोगटान फुड्सिल, जोरायल, बडिकेदार र केआइसिंह गाउँपालिका अभियान सञ्चालन हुने जानकारी दिए ।

त्यस्तै चैत्र १६ गतेदेखि दोस्रो चरणअन्तर्गत दिपायल सिलगढी र शिखर नगरपालिका, पूर्वीचौकी, आदर्श र सायल गाउँपालिकामा अभियान सञ्चालन हुने जनाइएको छ ।

कूल ५११ खोप केन्द्र, १२६ स्वास्थ्यकर्मी र एक हजार २२ स्वयंसेवक परिचालन गरिएको छ । ढुक्कसाथ आफ्ना बालबालिकालाई खोप लगाउन उहाँले आग्रह गरे ।

जोरायल गाउँपालिका–५ का लक्ष्मी ओलीले भने, “खोप लगाउँदा बालबालिकाको मृत्यु हुन्छ भन्ने हल्लाका कारण कतिपयले खोप लगाउन मान्दैनन्, गलत हल्ला फैलाउनेलाई कारवाही गर्नुपर्छ ।”

जिल्लामा आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित रहेका बताइएको छ । बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउनका सम्पूर्ण कर्मचारी आ–आफनो कार्यक्षेत्रमा खटिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, “दादुरा–रुवेलाविरुद्धको खोप लगाउन कर्मचारी खटिएका छन्, खोप लगाउन कुनै पनि बालबालिका नछुटुन् भन्ने हाम्रो उद्देश्य हो ।”

त्यस्तै डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाइने भएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।

यो अभियानमा नौ जिल्लामा कूल पाँच हजार २०० खोप केन्द्र र नौ हजार ३०० स्वयंसेवक परिचालन गरिएको बताइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ९ : ३३ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र