कोरोना भाइरसको त्रास : अमेरिकामा १० जना भन्दा धेरै भेला हुन रोक « Khabarhub

कोरोना भाइरसको त्रास : अमेरिकामा १० जना भन्दा धेरै भेला हुन रोक


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण उच्च हुँदै गएपछि अमेरिकाले १० जना १० जनाभन्दा धेरै मानिसलाई भेला हुन रोक लगाएको छ ।

अबको १५ दिनसम्म १० जना भन्दा बढीको समूहमा उपस्थित नहुन तथा बार, रेस्टुरेन्ट, खाद्य स्टल, जिम तथा अरु जमघट हुने स्थानहरुमा नजान पनि आग्रह गरिएको छ ।

न्युजर्सीमा कर्फयु आदेश जारी गरिएको छ । त्यहाँका बासिन्दाहरुलाई अब बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।

न्युजर्सीका गभर्नर फिल मर्फी यस्तो आदेश जारी गरेका हुन् । अत्वाश्यकबाहेकका अन्य काममा अब स्थानीयबासिन्दाहरु घरबाहिर निस्कन नपाउने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा गरेको पत्रकार सम्मेलमार्फत यस्तो अपिल गरेका हुन् ।

कोरोना भाइरसका कारण लागु भएको आपतकालीन अवस्था ग्रिष्म ऋतुको अन्त्यसम्म वा त्यो भन्दा पछि पनि जारी रहन सक्ने उनले बताएका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट सोमबार रातिसम्म ९१ जनाको मृत्यु भएको छ भने ४७ सय १२ जनामा संक्रमण देखिएको छ ।

कोरोना भाइरसको जोखिम उच्च भएपछि अमेरिकाले यसअघि नै युरोपेली मुलुकहरुबाट यात्रामा प्रतिबन्ध लगाइसकेको छ भने मुलकभर राष्ट्रिय संकटकाल घोषणा गरेको थियो ।

अमेरिकामा मानिसमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण समेत सुरु गरिएको छ । उच्च प्रविधिको प्रयोग गरेर बनाइएको खोप ४५ जना स्वस्थ मानिसमा प्रयोग थालिएको बीबीसीले जनाएको छ ।

 

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १० : ०३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले