अनुमति विना पोषाक लगाएरै दैलेख पुग्यो भारतीय प्रहरीको टोली « Khabarhub

अनुमति विना पोषाक लगाएरै दैलेख पुग्यो भारतीय प्रहरीको टोली


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– भारतीय प्रहरीको एक टोली नेपाली प्रशासनको अनुमति विनै पोषाक नै लगाएर दैलख पुगेको छ ।

भारतीय प्रहरीका ३ जना कर्मचारी बिहान पोसाकसहित दैलेख बजारमा देखिएपछि स्थानीयले विरोध जनाएका थिए ।

भारतीय राज्य हरियाणा राज्यको यमुनानगर जिल्लाबाट सब इन्सपेक्टर (सई) विजय विवेकको नेतृत्वमा ३ जना प्रहरी कर्मचारी र १ जना अर्का व्यक्ति गरी ४ जना सोमबार साँझ दैलेख पुगेका थिए ।

स्थानीय प्रशासनलाई जानकारी नै नगराई मंगलबार बिहान पोषाक लगाएरै दैलेख बजारमा हिँडिरहेको देखेपछि स्थानीयले विरोध जनाएका थिए ।

स्थानीयको विरोध पछि उनीहरुले जिल्ला प्रहरी कार्यालय दैलेखको सम्पर्कमा पुगेका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखकका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) नैनबहादुर सावदले भारतीय प्रहरीलाई पोषाक लगाएर नहिँड्न भनेको बताए ।

दैलेख प्रहरीका अनुसार उनीहरु कामका लागि भारत गएका दैलेखका एक युवक ५० लाख रुपैयाँ चोरी गरेर भागेको सूचना प्राप्त भएपछि खोजीका लागि दैलेखसम्म आइपुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालयमा पुग्दा उनीहरुले अर्को देशमा पुग्दा पोषाक लगाउनु हुँदैन भन्ने थाहा नपाएको भन्ने बयान दिएका बुझिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १२ : ४४ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा