कोरोना भाइरसको संक्रमण आशंका गरिएका ९ जना स्वस्थ « Khabarhub

कोरोना भाइरसको संक्रमण आशंका गरिएका ९ जना स्वस्थ


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१० नरहैयाका ९ बिरामीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो ।

पठाएका सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । कोरोना भाइरसको लक्षण नदेखिएपछि स्वास्थ्य परीक्षण नै नगराई सबै राति नै आ–आफ्नो घर फर्किएको प्रमुख यादवले बताए ।

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना सङ्क्रमणको आशङ्का लागेर थप उपचारको लागि वडाध्यक्ष जुगत कामतीलगायत स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्सबाट जनकपुर पठाएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  २ : ०२ बजे

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही

बिग बजेटमा ‘साम्राज्य’ बनाउँदै सौरभ

काठमाडौं – एक्सन निर्देशकको छवि बनाएका सौरभ चौधरीले बिग बजेटमा

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

चितवन– राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । 

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली