कोरोना संक्रमितको उपचारका लागि ७२ घण्टामै ७० शैय्याको अस्पताल बनाइने « Khabarhub

कोरोना संक्रमितको उपचारका लागि ७२ घण्टामै ७० शैय्याको अस्पताल बनाइने


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका तथा संक्रमणको आशंका गरिएका बिरामीको उपचारका लागि चितवनमा छुट्टै अस्पताल बनाउन थालिएको छ । यस्तो अस्पताल ७२ घण्टा भित्रै तयार गरिन लागिएको हो ।

भरतपुर महानगरपालिकाको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले उद्योग संघ चितवनले निर्माण गरेको प्रदर्शन केन्द्र (एक्स्पो सेन्टर)को भवनलाई प्रयोग गरेर ७० शेय्याको अस्पताल बनाउने निर्णय गरेको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको संयोजकत्वमा गठित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण पूर्वतयारी कार्यदल समेत गठन भएको छ । उक्त कार्यदलले मंगलबार कोरोना संक्रमितको उपचारका लागि अस्पताल बनाउने क्षेत्रको निरीक्षण समेत गरिसकेको छ ।

एक्स्पो सन्टरमा निर्माण गरिने उक्त अस्पतालको नाम भरतपुर कोरोना विशेष अस्पताल राखिने छ । अस्पतालमा ५० वटा साधारण शैय्या, १० शैय्याको एचडीयू (हाई डिपेन्डेन्ट यूनिट) र १० शैय्याको आईसीयू हुने छ ।

अस्पताल बनाउन प्रयोग हुने प्रदर्शनी केन्द्रको अवलोकन गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसहित

हाल कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेकाले अब सोही अस्पतालमा त्यस्तो ल्याब स्थापना गर्ने विषयामा समेत तयारी थालिएको छ ।

अस्पतालको बहिरंग सेवाको व्यवस्थापनका लागि डा. भोजराज अधिकारी र डा अनिलविक्रम कार्कीलाई दिइने जनाइएको छ । यस्तै, जनशक्ति व्यवस्थापनको जिम्मा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीलाई दिइएको छ ।

जनरल वार्डको व्यवस्थापन क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजय आचार्यले गर्नेछन् भने एचडीयूको व्यवस्थापन भरतपुर मेडिकल कलेजले गर्ने छ ।

अत्यावश्यक सामग्रीहरुको व्यवस्थापन गर्ने जिम्मा भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति चितवन, उद्योग वाणिज्य संघ, उद्योग संघलाई दिइएको छ ।

अस्पतालका लागि आवश्यक पर्नेमध्ये २० वटा आईसीयू बेड र ८ वटा भेन्टिलेटर क्यान्सर अस्पतालले उपलब्ध गराउने भएको छ ।

अस्पतालमा आवासीय रुपमा नै चिकित्सक र प्यारामेडिक्सहरु खटाइने छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  २ : ४३ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो