एसइई परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ राख्न सरकारको अपिल « Khabarhub

एसइई परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ राख्न सरकारको अपिल


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) सावधानीपूर्वक सञ्चालन गर्न अपिल गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपिल जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका हुन् ।

उनले ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुने जनाएका छन् । एसइई परीक्षाका लागि १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ ।

मन्त्री पोखरेलले परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्ध मिलाउन समेत ७ सय ५३ स्थानीय निकायलाई अनुरोध समेत गरेका छन् ।

मन्त्री पोखरेलले जारी गरेको अपिलमा भनिएको छ, ‘यतिबेला कोरोनाको संक्रमण रोकथाम गर्ने र एसइई परीक्षलाई मनोबैज्ञानिक एवं त्रासमुक्त वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने स्थिति छ ।’

उनले विद्यार्थीको स्वास्थ्य सुरक्षा र वचावट पहिलो प्राथमिकता रहेको बताउँदै यस्तो अवस्थामा पनि बालबालिकाहरुको पढ्न पाउने हक अधिकार सुरक्षित हुनु पर्दछ भन्ने विषयमा नेपाल सरकार गम्भीर रहेको उल्लेख गरेका छन् ।

यस सन्दर्भमा आइपर्ने कुनै पनि विषम परिस्थितिमा मन्त्रालयले उच्चस्तरीय समितिसँग संयोजन गरी यथोचित निर्णय लिने नै हुँदा अनावश्यक हल्ला र अफवाहको पछि नलाग्न समेत मन्त्री पोखरेलले अनुरोध गरेका छन् ।

उनले जारी गरेको अपिलमा कक्षा १ देखि ९ सम्मको वार्षिक यही ५ गते देखि सकिने हुँदा अर्को शैक्षिक सत्र शुरु नहुन्जेसम्म करिव तीन हप्ता देशभरका करीव ७० लाख विद्यालय जाने उमरका बालबालिकाहरुलाई घर बाहिर नजान अनुरोध गरेका छन् ।

त्यस्तै यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृति कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम मेला नगर्न समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ५ : १५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी