प्रदेश २ को नाम मिथिला भोजपुरा राख्ने कांग्रेसको प्रस्ताव पनि अस्वीकृत « Khabarhub

प्रदेश २ को नाम मिथिला भोजपुरा राख्ने कांग्रेसको प्रस्ताव पनि अस्वीकृत


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नम्बर २ को नाम ‘मिथिला भोजपुरा’ राख्ने प्रस्ताव अस्वीकृत भएको छ ।

प्रदेशसभाको प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा राख्ने प्रस्ताव गरेको थियो । तर, कांग्रेसको प्रस्तावको पक्षमा २८ मत मात्रै खसेको छ ।

कांग्रेसको प्रस्तावको विपक्षमा ७९ मत खसेको छ । प्रदेशसभामा रहेका कूल सदस्यसंख्याको दुईतिहाई बहुमतले मात्रै प्रदेशको स्थायी राजधानी र नाम तोक्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश नम्बर २ को प्रदेशसभामा कूल सदस्यसंख्या १ सय ७ मध्ये दुईतिहाई बहुमत जुटाउनका लागि ७२ मत चाहिन्छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना मात्रै सांसद छन् ।

यसअघि प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राखेको ‘जानकी’ नाम राख्ने प्रस्ताव पनि अस्वीकृत भएको थियो । नेकपाको प्रस्तावको पक्षमा ३७ मत परेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ५ : ०८ बजे

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही

बिग बजेटमा ‘साम्राज्य’ बनाउँदै सौरभ

काठमाडौं – एक्सन निर्देशकको छवि बनाएका सौरभ चौधरीले बिग बजेटमा

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

चितवन– राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । 

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली