प्रदेश नम्बर २ को नाम ‘मध्यमधेश’ राख्ने प्रस्ताव पनि अस्वीकृत « Khabarhub

प्रदेश नम्बर २ को नाम ‘मध्यमधेश’ राख्ने प्रस्ताव पनि अस्वीकृत


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठकाडौं- प्रदेश नम्बर २ को नाम ‘मध्यमधेश’ राख्ने प्रस्ताव पनि अस्वीकृत भएको छ ।

प्रदेश २ को नाम मध्यमधेश राख्न केही सांसदहरुले गरेको प्रस्तावमा मध्यमधेशलाई ४२ मत मात्र प्राप्त भएको छ । अहिले ‘मधेश प्रदेश’को प्रस्तावमा भोटिङ भइरहेको छ ।

यसअघि प्रदेशसभाको प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा राख्ने प्रस्ताव गरेको थियो । तर, कांग्रेसको प्रस्तावको पक्षमा २८ मत मात्रै खसेको थियो ।

कांग्रेसको प्रस्तावको विपक्षमा ७९ मत खसेको छ । प्रदेशसभामा रहेका कूल सदस्यसंख्याको दुईतिहाई बहुमतले मात्रै प्रदेशको स्थायी राजधानी र नाम तोक्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश नम्बर २ को प्रदेशसभामा कूल सदस्यसंख्या १ सय ७ मध्ये दुईतिहाई बहुमत जुटाउनका लागि ७२ मत चाहिन्छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना मात्रै सांसद छन् ।

यसअघि प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राखेको ‘जानकी’ नाम राख्ने प्रस्ताव पनि अस्वीकृत भएको थियो । नेकपाको प्रस्तावको पक्षमा ३७ मत परेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : ०७ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा