कोरोनाको प्रभावः डाक्टरको लाइसेन्स परीक्षा स्थगित « Khabarhub

कोरोनाको प्रभावः डाक्टरको लाइसेन्स परीक्षा स्थगित


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल मेडिकल काउन्सिलले  एमबीबीएस तथा बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमण महामारीका रुपमा विश्वभर फैलिरहेको र नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाले काउन्सिलले आगामी शनिबार हुने लाइसेन्स परीक्षा स्थगित गरेको हो ।

काउन्सिलका अध्यक्ष अध्यक्ष प्राडा भगवान कोइरालले देशभर कोरोना भाइरसको त्रास परीक्षाका कारण भिडभाड हुने भएकाले परीक्षा स्थगित भएको जानकारी दिए ।

डा कोइरालाका अनुसार परीक्षामा सहभागी हुन १ हजार ६७ जनाले परीक्षा फारम भरेका थिए ।

काउन्सिलले एमबीबीएस तथा बीडीए अध्ययन पूरा गरेकालाई हरेक वर्ष तीन पटक लाइसेन्स परीक्षाको आवेदन खुलाउने गरेको छ ।आगामी शनिबार चैत ८ गते काउन्सिलको यो शैक्षिक शत्रको अन्तिम लाइसेन्स परीक्षा तोकिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : १५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते