मन्त्री मगरले बुझाइन गरिबी निवारण मन्त्री अर्याललाई ज्ञापनपत्र « Khabarhub

मन्त्री मगरले बुझाइन गरिबी निवारण मन्त्री अर्याललाई ज्ञापनपत्र


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भारत सीमा समस्या समाधानको माग राख्दै खानेपानी मन्त्री बिना मगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई ज्ञापनपत्र बुझाएकी छन् ।

मन्त्री मगरको अगुवाइमा कञ्चनपुरका स्थानीय तह र त्यहाँका संघीय संसदका जनप्रतिनिधिहरुले मन्त्री अर्याललाई ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपालको भूमि मिचिएको विषयमा पुनरावलोकन गर्न माग गरिएको छ । यसैगरी सीमा क्षेत्रका भत्किएका र गायब भएका पिल्लरहरूलाई पुरानै ठाउँको तत्काल पुर्नस्थापना गरिनुपर्ने, अतिक्रमित जमिन फिर्ता गरिनुपर्ने लगायतका माग राखिएका छन् ।

केन्द्रबाट नै संसदीय टोली पुगेर स्थलगत रुपमा छानबिन गर्न उनीहरुले माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै मन्त्री अर्यालले सीमा बचाउन सीमामा बस्ती बसाउने योजना अगाडि ल्याउनुपर्ने बताइन् ।

उनले प्राप्त विवरणहरुको अध्ययन गरेर राजनीतिक सहमति गरेर सहमतिअनुसार नापजाँच गर्ने कुरामा पहलकदमी लिइने बताइन् ।

उनले भनिन्, ‘यो डकुमेन्टको हामी अध्ययन गर्छौ । राजनीतिक सहमति अनुसार नापजाँच गर्ने कुरामा पहलकदमी थाल्नेछौं।’

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ८ : ०० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको