प्रदेश २ को नामाकरणका लागि भएको मतदानमा चारवटै प्रस्ताव अस्वीकृत « Khabarhub

प्रदेश २ को नामाकरणका लागि भएको मतदानमा चारवटै प्रस्ताव अस्वीकृत


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठकाडौं- प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा भएको मतदानमा चारवटै प्रस्ताव अस्वीकृत भएका छन् ।

मंगलबार चार वटा नामका लागि मतदान भए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत पुग्न सकेन ।

सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रस्ताव गरेको मधेश प्रदेश नामको पक्षमा ६० मत परे पनि दुई तिहाईका लागि १२ मत अपुग भएको थियो ।

प्रस्तावको विपक्षमा भने ४८ मत खसेको थियो । यसअघि प्रदेश नम्बर २ को नाम ‘मध्यमधेश’ राख्ने प्रस्ताव पनि अस्वीकृत भएको थियो । मध्यमधेश राख्न गरेको प्रस्तावमा मध्यमधेशलाई ४२ मत मात्र प्राप्त भएको थियो ।

त्यस्तै प्रदेशसभाको प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा राख्ने प्रस्ताव गरेको थियो । तर, कांग्रेसको प्रस्तावको पक्षमा २८ मत मात्रै खसेको थियो ।

कांग्रेसको प्रस्तावको विपक्षमा ७९ मत खसेको थियो । प्रदेशसभामा रहेका कूल सदस्यसंख्याको दुईतिहाई बहुमतले मात्रै प्रदेशको स्थायी राजधानी र नाम तोक्ने संवैधानिक व्यवस्था छ ।

यसअघि प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राखेको ‘जानकी’ नाम राख्ने प्रस्ताव पनि अस्वीकृत भएको थियो । नेकपाको प्रस्तावको पक्षमा ३७ मत परेको थियो ।

प्रदेश नम्बर २ को प्रदेशसभामा कूल सदस्यसंख्या १ सय ७ मध्ये दुईतिहाई बहुमत जुटाउनका लागि ७२ मत चाहिन्छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ८ : ५७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर