आज पनि हावाहुरीसहित पानी पर्ने पूर्वानुमान | Khabarhub Khabarhub

आज पनि हावाहुरीसहित पानी पर्ने पूर्वानुमान


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी मंगलबारसम्म मुलुकका विभिन्न स्थानमा  हावाहुरीसहित असिना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।

दिउँसोसम्म पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्नपछि  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति पनि पूर्वी भू-भागका केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार र मंगलबार पनि मुलुकका पहाडी भू-भागमा हावाहुरीसहित असिना पानीको सम्भावना छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ६ : २८ बजे

प्रधानमन्त्रीले केही नेतासँग संवाद गर्न अनिच्छा देखाउँदा दूरी बढ्ने चिन्ता छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनको सौराहमा जारी छ।

बालेन र कुलमानलक्षित डीपीको टिप्पणी : त्यो बेला मान्नुभएन, अहिले पनि स्वागत गर्न तयार छौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक

उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

सियोल– उत्तर कोरियाले शुक्रबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा कम्तीमा एउटा

छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको समुद्घाटन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगर–८ जयबागेश्वरी गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक

रास्वपा बिग्रिएको निचोडसहित डीपीले भने : मझेरी खनेर आँगन पुर्ने काम बन्द गरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल