काठमाडौं – इटालीमा २ लाख २४ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १५३ जनाको मृत्यु भएको छ ।
योसँगै इटालीमा मृतकको संख्या ३१ हजार ७६३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८७५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७६० पुगेको छ ।
इटालीमा संक्रमितमध्ये १ लाख २२ हजार ८१० जना उपचारपछि निको भएका छन् ।
उपचार गराइरहेका ७० हजार १८७ जनामध्ये ७७५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया