आज कोरोना संक्रमण पुष्टि भएका रौतहटका १० जना भारतबाट आएको खुल्यो « Khabarhub

आज कोरोना संक्रमण पुष्टि भएका रौतहटका १० जना भारतबाट आएको खुल्यो


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार विहान कोरोना भाइरसको संक्रमण पुष्टि भएका रौतहटका १० जना नै भारतबाट केही दिन अघि नेपाल प्रवेश गरेको खुलेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार बिहान थप १० जनामा सङ्क्रमण पुष्टि गर्दै ती सबै रौतहट जिल्लाका भएको जनाएको थियो ।

राजपुर नगरपालिकाका नगरप्रमुख मोहम्मद सकिलका अनुसार उनीहरु भारतबाट नेपाल आएका हुन् ।

‘जहाँ छौँ त्यही बस’ भन्दा नमानेर धमाधम भारतबाट नेपाल आइरहेको उनले बताए । जसका कारण नेपालमा थप समस्या उत्पन्न भएको उनले जानकारी दिए । उनीहरु मुम्बईबाट केही दिनअघि गाउँ आएको उनले बताए ।

सुरक्षा समिति रौतहटका एक अधिकारीका अनुसार १० जना नै वैशाख ३१ गते रौतहट पसेपछि उनीहरुलाई राजपुर, फरहदवा र इशनापुर नगरपालिकाको छुट्टाछुट्टै क्वारेन्टाइनमा राखिएको थियो।

जेठ २ गते पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी सुरक्षाकर्मीको गाडीबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकोमा आइतबार  उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए।

‘रेल र पैदल यात्रा गरी उनीहरु मुम्बईबाट विहारको मोतिहारी जिल्लाको चैनपुर बजार हुँदै रौतहट पसेका थिए,’ उनले भने, ‘उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो। थप कुरा बुझ्ने काम भइरहेको छ, चाडै उनीहरुलाई वीरगंजस्थित आइसोलेसन वार्डमा पठाउने सल्लाह भइरहेको छ।’

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १० : १८ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००