म्याग्दीमा चौसठ्ठी प्रतिशत निजी आवास पुनःनिर्माण « Khabarhub

म्याग्दीमा चौसठ्ठी प्रतिशत निजी आवास पुनःनिर्माण


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीमा चौसठ्ठी प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गरेका छन् ।

विक्रम संवत् २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्ये हालसम्म ५१५ जनाले आवास पुनःनिर्माण गरेका हुन् ।

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वय एकाइका अधिकृत यज्ञप्रसाद रिजालले ८०१ लाभग्राहीले रु ५० हजारका दरले पहिलो किस्ता अनुदान लगेका जानकारी दिए ।

५८४ जनाले दोस्रो किस्ता लगेका छन् । पहिलो किस्ता लगेकामध्ये दुई जनाले अनुदान फिर्ता गरेका छन् ।

२१७ जना दोस्रो किस्ता लिन नआएका रिजालले बताउनुभयो । भूकम्पबाट कम प्रभावित जिल्लाको सूचीमा पर्ने म्याग्दीमा विसं २०७३ चैतदेखि सम्झौता र २०७४ मङ्सिरदेखि पीडितको खातामा अनुदान पठाएर निजी आवास पुनःनिर्माण शुरु गरिएको थियो ।

दोस्रो किस्तावापत एक लाख ५० हजार र भवन बनाएपछि अन्तिम किस्तावापत एक लाख अनुदान उपलब्ध गराउने व्यवस्था छ ।

प्राविधिक आउनुअघि बनेका १४२ घरका धनीलाई एकमुष्ट रु दुई लाख ५० हजारका दरले भुक्तानी गरेपछि पुनःनिर्माणको प्रगति ह्वात्तै बढेको हो ।

उनीहरुले यसअघि रु ५० हजारका दरले अनुदान लगेका थिए । छुट तथा पुनः सर्वेक्षणबाट १८० लाभग्राही कायम भएका छन् ।

७० प्रवलीकरण र ११० जना नियमित गर्नुपर्ने लाभग्राही हुन् । उनीहरुमध्ये १४० जनासँग सम्झौता भएको छ ।

विसं २०७३ पुसमा इञ्जीनियर परिचालन गरेर एक हजार ३५० घर सर्वेक्षण गरिएको थियो । ८४८ लाभग्राही पहिचान भएका थिए ।

पहिलो किस्ता लगेर घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ता लिनै नआएका लाभग्राहीका कारण पुनःनिर्माणमा चुनौती देखिएको छ ।

पुनःनिर्माण नगर्नेलाई अनुदान फिर्ता गर्न स्थानीय तहमार्फत ताकेता गरिएको छ । प्राधिकरणले लाभग्राहीका लागि पुनःनिर्माण र अनुदान लिने शर्तसहितको नयाँ समय तालिका जारी गरेको छ ।

चालु आवको असार मसान्तसम्म दोस्रो किस्ता लिनुपर्ने समय तोकिएको छ । २०७७ मङ्सिरसम्म अन्तिम किस्ता लिइसक्नुपर्ने समयसीमा बनाएको छ ।

भूकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगङ्गा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरी अन्यत्र जग्गा नभएका तीन घरधुरीलाई जग्गा खरिदका लागि थप रु दुई लाख उपलब्ध गराइएको छ ।

प्राधिकरणमार्फत सञ्चालित १८.५४ किलोमिटर दूरीको घारखोला–चित्रे सडक स्तरोन्नति आयोजनाको हालसम्म ३८.२५ प्रतिशत भौतिक प्रगति भएको छ ।

पोखरेबगर–पाउद्धार सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माणका लागि हालै ठेक्का सम्झौता भएको छ ।

 

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ११ : ३० बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने