सरकार कोरोना भाइरस संक्रमणको पूर्वतयारीमै चुक्यो : देउवा « Khabarhub

सरकार कोरोना भाइरस संक्रमणको पूर्वतयारीमै चुक्यो : देउवा


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवंम प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकार कोरोना भाइरस संक्रमण नियन्त्रणमा चुकेको आरोप लगाएका छन् ।

५५ दिनदेखि मुलुकलाई लकडाउनमा राखेर पनि कोरोना भाइरस नियन्त्रणका लागि खास योजनाका साथ अघि नबढेको उनले आरोप लगाएका छन् ।

सरकारको नीति तथा कार्यक्रमबारे संसदमा आइतबार भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले महामारी नियन्त्रणको पूर्व तयारी गर्न सरकार चुकेको बताएका छन् ।

‘यो सरकारलाई कोरोनाले गर्न सक्ने र गरेको क्षतिबारे ज्ञान नै छैन,’ उनले भने । नीति तथा कार्यक्रम हेर्दा जनताको पीडा बुझ्ने हृदय नै नभएको जस्तो लागेको उनले बताए ।

सरकारले नीति तथा कार्यक्रम उपलब्धि नै उपलब्धि भएको बताए पनि विगतकै कार्यक्रम दोहोर्‍याएको जनाएका छन् । ‘म प्रधानमन्त्रीलाई अनुरोध गर्छु एक पटक विगत २ वर्षका नीति तथा कार्यक्रम पल्टाउनोस् ।’

नीति तथा कार्यक्रमले मुलुकलाई प्रगतिको बाटोमा लाने अवस्था नरहेको समेत उनले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ११ : ३८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका