कोरोना संक्रमणबाट ज्यान गुमाएकी महिलाको परिवारलाई आइसोलेसनमा राखियो « Khabarhub

कोरोना संक्रमणबाट ज्यान गुमाएकी महिलाको परिवारलाई आइसोलेसनमा राखियो


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमणको कारण मृत्यु भएकी २९ वर्षीया महिलाको शिशु र आफन्तलाई आइसोलेसनमा राखिएको छ ।

धुलिखेल अस्पतालका प्रवक्ता डाक्टर सुमन ताम्राकारका अनुसार मृतक महिलाले बैशाख २४ गते जन्माएको शिशु र उनका आफन्तसहित ४ जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको हो ।

आइसोलेसमा रहेका शिशुसहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा ताम्राकारले बताए।

प्रवक्ता डा ताम्राकारका अनुसार उनीहरु ४ जनाकै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन भइसकेको छ ।

यस्तै मृतक महिलाको उपचारमा संलग्न डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई पनि आइसोलेसनमै राखिएको छ । प्रवक्ता डा ताम्राकारका अनुसार उनको उपचारमा संलग्न डाक्टर नर्स सहित १० जनालाई आइसोलेसनमा राखिएको हो । उनीहरुको पनि हिजो नै थ्रोट स्वाब संकलन भएपनि कोरोना परीक्षणको रिपोर्ट भने आइसकेको छैन ।

प्रवक्ता डा ताम्राकारले भने, ‘प्रयोगशालामा नमूना परीक्षण शुरु भएको ४ घण्टमा रिपोर्ट आउँछ । तर, पीसीआर मेसिन रन गर्न एकपटकमा ९० देखि १०० जनाको नमूना संकलन भएपछि मात्र परीक्षणको काम शुरु गर्ने गरेका छौं । त्यसैल स्वास्थ्यकर्मीको पनि रिपोर्ट आइसकेको छैन ।’

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १२ : ०६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका