कोरोना संक्रमणबाट ज्यान गुमाएकी महिलाको परिवारलाई आइसोलेसनमा राखियो | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट ज्यान गुमाएकी महिलाको परिवारलाई आइसोलेसनमा राखियो


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमणको कारण मृत्यु भएकी २९ वर्षीया महिलाको शिशु र आफन्तलाई आइसोलेसनमा राखिएको छ ।

धुलिखेल अस्पतालका प्रवक्ता डाक्टर सुमन ताम्राकारका अनुसार मृतक महिलाले बैशाख २४ गते जन्माएको शिशु र उनका आफन्तसहित ४ जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको हो ।

आइसोलेसमा रहेका शिशुसहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा ताम्राकारले बताए।

प्रवक्ता डा ताम्राकारका अनुसार उनीहरु ४ जनाकै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन भइसकेको छ ।

यस्तै मृतक महिलाको उपचारमा संलग्न डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई पनि आइसोलेसनमै राखिएको छ । प्रवक्ता डा ताम्राकारका अनुसार उनको उपचारमा संलग्न डाक्टर नर्स सहित १० जनालाई आइसोलेसनमा राखिएको हो । उनीहरुको पनि हिजो नै थ्रोट स्वाब संकलन भएपनि कोरोना परीक्षणको रिपोर्ट भने आइसकेको छैन ।

प्रवक्ता डा ताम्राकारले भने, ‘प्रयोगशालामा नमूना परीक्षण शुरु भएको ४ घण्टमा रिपोर्ट आउँछ । तर, पीसीआर मेसिन रन गर्न एकपटकमा ९० देखि १०० जनाको नमूना संकलन भएपछि मात्र परीक्षणको काम शुरु गर्ने गरेका छौं । त्यसैल स्वास्थ्यकर्मीको पनि रिपोर्ट आइसकेको छैन ।’

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १२ : ०६ बजे

नयाँ दल खोल्दै सुशीलालाई प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला

बनेपामा सकेट बम भेटियो

काभ्रे – काभ्रेपको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा बुधबार साँझ सकेट