१४ वर्षे बालिकाको बयान- बुबाको नागरिकता लिन भन्दै शिक्षकले बोलाएर बलात्कार गरे « Khabarhub

१४ वर्षे बालिकाको बयान- बुबाको नागरिकता लिन भन्दै शिक्षकले बोलाएर बलात्कार गरे


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा- धनकुटा नगरपालिकाकी १४ बर्षीया बालिकालाई यौन शोषण गरेको आरोप लागेपछि फरार भएका शिक्षक मदन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अधिकारीलाई शनिवार अपरान्ह करिव ४ बजे भीमनारायण चौक नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहानबाटै सम्पर्कबिहिन भएका अधिकारीले शनिवार दिउँसो करिव १२ बजे आफ्नो फेसबुक आईडीमा विज्ञप्ति सार्वजनिक गर्दै आफु निर्दोष भएको दावीसहित प्रहरी कार्यालयमा आफै जाने उल्लेख गरेका थिए । त्यसपश्चात करिव चार घण्टापछि उनी भीमनारायण चौकमा निस्किएका थिए ।

अधिकारीको खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ध्रुवकुमार श्रेष्ठले बताए । प्रहरीले अधिकारीलाई जिल्ला अस्पतालमा लगेर स्वास्थ्य परीक्षण पनि गराएको छ ।

चारै जना बिरुद्ध जबरजस्ती करणीको मुद्दा

यसैवीच बालिकालाई पटक–पटक यौन शोषण गरेको आरोप लागेका शिक्षक अधिकारीसहित चार जनाबिरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी (बलात्कार) को मुद्दा दायर गरिएको छ ।

पीडित बालिकाका अभिभावकले धनकुटा–६ आत्माराका शिक्षक अधिकारी, आत्माराकै गौरी अत्री, धनकुटा–६ भीमनारायण चौकका देवेन्द्र श्रेष्ठ र धनकुटा–६ कचिडेका भक्तबहादुर मगरबिरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी पश्चात अधिकारीबाहेक तीन जनालाई शुक्रबार नै प्रहरीले पक्राउ गरेको थियो ।

किटानी जाहेरी परेका चारै जना बिरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाइएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोईरालाले बताए । १८ बर्ष मुनीका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क गरेपनि सम्पर्क गर्ने व्यक्तिबिरुद्ध जबरजस्ती करणी (बलात्कार) कसुर अन्तर्गत कारबाही हुने कानुनी व्यवस्था छ । सोहि अनरुप उनीहरु बिरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

जंगलमा र घरमै बोलाएर पनि यौन शोषण

चारै जनाले पीडित बालिकालाई ललाईफकाई करिव ६ महिना अघिदेखि पटक–पटक शारीरिक सम्पर्क गर्दै आएको आरोप छ । बालिकाको पेटमा गर्भ बसेर अस्वभाविक रुपमा पेट बढ्दै गएपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य बाहिरिएको हो ।

पीडित बालिकाको भनाई उदृत गर्दै महिला अधिकारकर्मी कोपिला शंकरले दिएको जानकारी अनुसार पहिलो पटक अत्रीले गोठालो गएका बेला धनकुटाको ल्याण्डफिल्डसाईड मुनी बालिकामाथि यौन शोषण गरेका थिए ।

त्यसपश्चात मगर र श्रेष्ठले सल्लेरी बन र ल्याण्डफिल्डसाईड नजिक लगेर ती बालिकामाथि पटक–पटक यौन शोषण गरे । शिक्षक अधिकारीले स्कूलमा बुबाको नागरिकता चाहिएकाले लिएर आउनु भनेर बोलाई आफ्नै घरमा यौन शोषण गरेको बालिकाको भनाई उदृत गर्दै अधिकारकर्मी शंकरले जानकारी दिईन् । उनले भनिन–‘चारै जनाले बिभिन्न ठाउँमा लगेर बालिकालाई दवावमा पारेर पटक–पटक यौन शोषण गर्दै आएका रहेछन् ।’

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १२ : ४७ बजे

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई