१४ वर्षे बालिकाको बयान- बुबाको नागरिकता लिन भन्दै शिक्षकले बोलाएर बलात्कार गरे | Khabarhub Khabarhub

१४ वर्षे बालिकाको बयान- बुबाको नागरिकता लिन भन्दै शिक्षकले बोलाएर बलात्कार गरे


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा- धनकुटा नगरपालिकाकी १४ बर्षीया बालिकालाई यौन शोषण गरेको आरोप लागेपछि फरार भएका शिक्षक मदन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अधिकारीलाई शनिवार अपरान्ह करिव ४ बजे भीमनारायण चौक नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहानबाटै सम्पर्कबिहिन भएका अधिकारीले शनिवार दिउँसो करिव १२ बजे आफ्नो फेसबुक आईडीमा विज्ञप्ति सार्वजनिक गर्दै आफु निर्दोष भएको दावीसहित प्रहरी कार्यालयमा आफै जाने उल्लेख गरेका थिए । त्यसपश्चात करिव चार घण्टापछि उनी भीमनारायण चौकमा निस्किएका थिए ।

अधिकारीको खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ध्रुवकुमार श्रेष्ठले बताए । प्रहरीले अधिकारीलाई जिल्ला अस्पतालमा लगेर स्वास्थ्य परीक्षण पनि गराएको छ ।

चारै जना बिरुद्ध जबरजस्ती करणीको मुद्दा

यसैवीच बालिकालाई पटक–पटक यौन शोषण गरेको आरोप लागेका शिक्षक अधिकारीसहित चार जनाबिरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी (बलात्कार) को मुद्दा दायर गरिएको छ ।

पीडित बालिकाका अभिभावकले धनकुटा–६ आत्माराका शिक्षक अधिकारी, आत्माराकै गौरी अत्री, धनकुटा–६ भीमनारायण चौकका देवेन्द्र श्रेष्ठ र धनकुटा–६ कचिडेका भक्तबहादुर मगरबिरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी पश्चात अधिकारीबाहेक तीन जनालाई शुक्रबार नै प्रहरीले पक्राउ गरेको थियो ।

किटानी जाहेरी परेका चारै जना बिरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाइएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोईरालाले बताए । १८ बर्ष मुनीका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क गरेपनि सम्पर्क गर्ने व्यक्तिबिरुद्ध जबरजस्ती करणी (बलात्कार) कसुर अन्तर्गत कारबाही हुने कानुनी व्यवस्था छ । सोहि अनरुप उनीहरु बिरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

जंगलमा र घरमै बोलाएर पनि यौन शोषण

चारै जनाले पीडित बालिकालाई ललाईफकाई करिव ६ महिना अघिदेखि पटक–पटक शारीरिक सम्पर्क गर्दै आएको आरोप छ । बालिकाको पेटमा गर्भ बसेर अस्वभाविक रुपमा पेट बढ्दै गएपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य बाहिरिएको हो ।

पीडित बालिकाको भनाई उदृत गर्दै महिला अधिकारकर्मी कोपिला शंकरले दिएको जानकारी अनुसार पहिलो पटक अत्रीले गोठालो गएका बेला धनकुटाको ल्याण्डफिल्डसाईड मुनी बालिकामाथि यौन शोषण गरेका थिए ।

त्यसपश्चात मगर र श्रेष्ठले सल्लेरी बन र ल्याण्डफिल्डसाईड नजिक लगेर ती बालिकामाथि पटक–पटक यौन शोषण गरे । शिक्षक अधिकारीले स्कूलमा बुबाको नागरिकता चाहिएकाले लिएर आउनु भनेर बोलाई आफ्नै घरमा यौन शोषण गरेको बालिकाको भनाई उदृत गर्दै अधिकारकर्मी शंकरले जानकारी दिईन् । उनले भनिन–‘चारै जनाले बिभिन्न ठाउँमा लगेर बालिकालाई दवावमा पारेर पटक–पटक यौन शोषण गर्दै आएका रहेछन् ।’

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १२ : ४७ बजे

पुनः स्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छ : मन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशका सबै क्षेत्रमा रहेका

‘ग्रेटर मुन्दुम’ पदमार्ग निर्माणले गति लिँदै

भोजपुर– ‘ग्रेटर मुन्दुम पदमार्ग’ निर्माणले तीव्रता पाएको छ । जिल्लाका

संसद्को गतिरोध यथावत, माओवादीलाई बोल्न दिँदा रास्वपा र राप्रपाले जनाए विरोध

काठमाडौं– संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक सुरू भएको छ

राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित

काठमाडौं– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)

कोशी प्रदेशसभामा आर्थिक सर्वेक्षण प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक