चिकित्सकको उच्च टोली बाह्रबिसे जाँदै « Khabarhub

चिकित्सकको उच्च टोली बाह्रबिसे जाँदै


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको गाउँमा सिन्धुपाञ्चोकको बाह्रबिसे नगरपालिकामा चिकित्सकको टोली पठाइरहेको छ ।

नेपालमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमणबाट महिलाको मृत्यु भएपछि त्यसबारे अध्ययन अनुसन्धान र सङ्क्रमण फैलिन नपाओस् भनेर चिकित्सकको टोली पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रदेश र जिल्लाबाट चिकित्सकको टोली त्यहाँ पुगिसकेको छ भने सङ्घका दुई टोली पनि त्यहाँ आजै पुग्दैछन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले डा पुमा थापाको नेतृत्वमा तीन सदस्यीय विज्ञसहित चिकित्सकको टोली त्यसतर्फ आज पठाउन थालिएको जानकारी दिए ।

शुक्रबार बाह्रबिसे नगरपालिकाकी २९ वर्षीया महिलाको कोभिड–१९ को कारणले नेपालमा पहिलोपटक निधन भएको थियो । डा अधिकारीका अनुसार केहीबरेमा उक्त टोली आवश्यक सामग्री लिएर जाँदैछ ।

यसैगरी सङ्घबाट वाग्मती प्रदेशमा खटिएका डा राधिका थपलिया र डा झलक शर्मा गौतमको दुई चिकित्सकको टोली पनि आज त्यसतर्फ जाँदैछ । डा थपलियाले मृतकको गाउँ पुगेर कस्तो अवस्था रहेको छ भनेर अनुसन्धान गर्ने बताए ।

“हामी त्यहाँ पुगेर वस्तुस्थितिका बारेमा अध्ययन गर्दछौँ, त्यहाँको प्राथमिक स्वास्थ्य केन्द्रले कसरी काम गरिरहेको छ, बाह्रबिसे नगरपालिकाका प्रमुख र उपप्रमुखसँग पनि बसेर त्यहाँको स्थिति पत्ता लगाउँछौँ”, उनले भने ।

यसअघि उक्त ठाउँमा वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पनि डा पुरुषोत्तम सेढाईँको नेतृत्वमा टोली आजै पठाइसकेको छ । जिल्लाबाट पनि मृतकको गाउँमा टोली कन्ट्याक्ट ट्रेसिङका लागि पुगिसकेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  २ : ३८ बजे

राज कपूरसँगको चर्चाबीच वैजयन्तीमालाले रोजिन् अर्कै पुरुष

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर