महाकालीमा एक महिला बेपत्ता « Khabarhub

महाकालीमा एक महिला बेपत्ता


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- महाकाली नदीमा हाम फालेर दार्चुलामा एक महिला बेपत्ता भएका छन् ।

आइतबार मध्याह्न महाकाली नगरपालिका–७ धाप थालीगाडमा ३१ वर्षीया कुश्मा थापा नदीमा हामफालेर बेपत्ता भएकी छन् ।

हामफालेको छेउमा मोबाइल मात्रै भेटिएको छ । महिलाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । हामफालेको कारण भने खुल्न सकेको छैन ।

हामफालेको खबरलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी महाकाली नदीमा महिला खोज्न जुटेपनि भेट्टाउन नसकिएको जोशीले बताए । थापाको खोजीकार्य गर्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला प्रहरी प्रमुख पदमबहादुर विष्ट, सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टलगायतको टोलीसमेत खटिएको थियो ।

यस्तै दत्तु, जौलजीविबाट लालीसम्मका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत नदी किनारमा परिचालन गरिएको भए पनि महिला फेला पार्न सकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बन्दाबन्दीको समयमा जिल्लामा नदीमा बगेर मृत्यु भएको यो दोस्रो घटना हो । बन्दाबन्दीको समयमा जिल्लामा दुई दर्जन विभिन्न प्रकृतिका घटना घटेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ३ : २७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका