कोरोना भाइरसबाट दोस्रो व्यक्तिको मृत्यु, बाँकेका युवामा पनि कोरोना पुष्टि « Khabarhub

कोरोना भाइरसबाट दोस्रो व्यक्तिको मृत्यु, बाँकेका युवामा पनि कोरोना पुष्टि


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ ।

आज विहान बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा उनको मृत्यु भएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु भएका ब्यक्तिको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रलायका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका हुन् ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार उनी बाँकेको नरैनापुर ५ का २५ वर्षीया युवा हुन् । उनी गत बैशाख ३० गते भारतबाट नेपाल आएका थिए ।

यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि शनिबार सिन्धुपाल्चोककी एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

 

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ४ : ४० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका