कोरोनाले मृत्यु भएकी महिलाको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ जारी « Khabarhub

कोरोनाले मृत्यु भएकी महिलाको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ जारी


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड १९ का कारण ३९ वर्षीया महिलाको मृत्यु भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य जारी रहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजकत्वमा त्रिवि शिक्षण अस्पतालको कम्युनिटि मेडिसिन युनिट, धुलिखेल अस्पतालको कम्युनिटि मेडिसिन युनिटले कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेको छ ।

डा देवकोटाका अनुसार मृतक संक्रमित महिलाको सम्पर्कमा आएका व्यक्तिको नमूना संकलनको काम समेत शुरु भएको छ । डा देवकोटाका अनुसार गोंगबु, माछापोखरी लगायतका क्षेत्रमा ४ सय भन्दा बढीको नमुना संकलन गरिएको छ ।

डा देवकोटाका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ भने ३६ निको भएर डिस्चार्ज भएका छन् । यस्तै हालसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ६९ वटा नमूना पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

पीसीआर विधिबाट २८ हजार १ सय ६० पुगेको छ भने आरडीटीबाट ६७ हजार ७ सय ७० नमूना परीक्षण भएको छ । गत २४ घण्टामा
२ हजार २० आरडीटी विधिबाट परीक्षण भएको छ ।

यस्तै देशभर १८ हजार ३ सय ५७ जना व्यक्ति क्वारेन्टाइमा रहेका छन् । यस्तै देशभरका विभिन्न अस्पतालमा ३ सय ४६ जना आइसोलेनमा रहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ५ : १६ बजे

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी