विदेशमा अलपत्र नेपालीको उद्धार गर्न उच्चस्तरीय समितिको प्रस्ताव « Khabarhub

विदेशमा अलपत्र नेपालीको उद्धार गर्न उच्चस्तरीय समितिको प्रस्ताव


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरूको उद्धार गर्ने तयारी गरेको छ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा विदेशमा अलपत्र नेपालीको उद्धार गर्ने विषयमा छलफल भएको हो । उच्चस्तरीय समन्वय समितिले मन्त्रिपरिषदमा विभिन्न मुलुकमा रहेकाहरुको उद्धार गर्न प्रस्ताव गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीका अनुसार विदेशीमा रहेका नेपालीलाई स्वदेश फर्काउने मोडालिटीको विषयमा छलफल भएको हो। तर उनले तत्काल स्वादेश फर्काइनेहरूको संख्या खुलाउन चाहेनन्।

‘विदेशमा अड्किएका नेपालीलाई दैनिक कति संख्यामा र कसरी उद्दार गर्ने मोडालिटीको विषयमा समितिमा छलफल भएको छ,’ विडारीले भने ।

समितिमा भारतमा रहेका नेपालीलाई स्थलमार्ग र तेस्रो मुलुकमा रहेका नेपालीलाई हवाइमार्ग फर्काउने विषयमा छलफल भएको छ।

रोजगारी गुमाएका र विद्यार्थीहरू प्राथमिकतामा पर्ने र स्वदेश फर्केपछि क्वारेन्टाइनमा राख्ने पनि प्रस्ताव गरिएको छ। यसरी उद्धार गरेर ल्याइनेहरूलाई केहीदिन क्वारेन्टाइनमा राखिनेछ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ७ : ०० बजे

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

भद्रपुर– अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

बागमती– साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७

करेन्ट लागेका बालकलाई प्राधिकरणले दियो १५ लाख ७१ हजार क्षतिपूर्ति

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा

स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकर इरानी नियन्त्रणमा

एजेन्सी– इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी) ले तीन वटा