धनुषामा पेस्तोलसहित २ जना पक्राउ « Khabarhub

धनुषामा पेस्तोलसहित २ जना पक्राउ


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रहरीले धनुषामा हतियारसहित २ जनालाई पक्राउ गरेको छ ।

धनुषा शहिदनगर नगरपालिका वडा नम्बर ३ स्थित झण्डा चोकबाट हतियार सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरीको संयूक्त टोलीले चेकजाच गर्ने क्रममा २ जना पक्राउ गरेको हो ।

शंकाको आधारमा ज.१२ प ५१६५ नम्वरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा उनीहरुको साथबाट हतियार बरामद भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

मोटरसाईकलमा सवार कमला नगरपालिका वडा नम्बर ८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवानको साथबाट कटुवा पेस्तोल १ थान र ३ राउण्ड गोली बरामद प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै मोटरसाईकल चालक सोही गाउँ बस्ने २० वर्षीय सुनिलकुमार साह समेतलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक सापकोटाले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ७ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै