एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता « Khabarhub

एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउपालिका–२ रिठाबोटमा आइतबार दिउँसो भएको एम्बुलेन्स दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् ।

लेते प्राथमिक स्वास्थ्य केन्द्र मुस्ताङको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा चालक मुस्ताङको थासाङ गाउपालिका–४ का सुजन विश्वकर्मा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बिरामी लिन बेनी जाँदै गरेको एम्बुलेन्समा चालक मात्र भएको प्रहरी नायव उपरीक्षक किरनजंग कुँवरले जानकारी दिए । दुर्घटना भएको ठाउँको नदी किनारमा फुटेका सिसा भेटिएका छन् । एम्बुलेन्सको पुरै भाग नदीभित्र डुबेको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रनाउ कुँवर लगायतका सुरक्षा अधिकारीले दुर्घटना स्थलको निरीक्षण गरेर बेपत्ता चालकको खोजीमा शसस्त्र प्रहरीको गोटाखोर बोलाउने तयारी गरेको जनाइएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ७ : ५४ बजे

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य