एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता « Khabarhub

एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउपालिका–२ रिठाबोटमा आइतबार दिउँसो भएको एम्बुलेन्स दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् ।

लेते प्राथमिक स्वास्थ्य केन्द्र मुस्ताङको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा चालक मुस्ताङको थासाङ गाउपालिका–४ का सुजन विश्वकर्मा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बिरामी लिन बेनी जाँदै गरेको एम्बुलेन्समा चालक मात्र भएको प्रहरी नायव उपरीक्षक किरनजंग कुँवरले जानकारी दिए । दुर्घटना भएको ठाउँको नदी किनारमा फुटेका सिसा भेटिएका छन् । एम्बुलेन्सको पुरै भाग नदीभित्र डुबेको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रनाउ कुँवर लगायतका सुरक्षा अधिकारीले दुर्घटना स्थलको निरीक्षण गरेर बेपत्ता चालकको खोजीमा शसस्त्र प्रहरीको गोटाखोर बोलाउने तयारी गरेको जनाइएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ७ : ५४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि