लकडाउन जेठ २० सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय | Khabarhub Khabarhub

लकडाउन जेठ २० सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बढाउने निर्णय गरेको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको सिफारिस अनुसार लकडाउन जेठ २० सम्म लम्ब्याइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बताए ।

मन्त्री खतिवडाले सरकारले कोरोना रोकथामका लागि बन्दाबन्दी जारी राखे पनि सँगसँगै आर्थिक गतिविधि अघि बढाउनुपर्ने बाध्यता रहेको बताए ।

आजको बैठकमा बन्दाबन्दीको ‘मोडालिटी’ परिवर्तनको सम्बन्धमा पनि छलफल भएको उनले जानकारी दिए । उनले सरकारले यसअघि गरेको निर्णयका आधारमा कृषि, उद्योग, निर्माणलगायतलाई निरन्तरता दिइने पनि बताए ।

सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा खतिवडाले भने, “साना ठूला आयोजनाको निर्माण भइरहेकामा त्यसलाई निरन्तरता दिइनेछ ।”

बैठकमा अहिले क्वारेन्टिनमा बसिरहेकालाई कसरी उत्पादनसँग जोड्ने भन्ने विषयमा छलफल भएको मन्त्री खतिवडाले बताए ।

उनीहरुको सुरक्षा अपनाएर कसरी आफ्नै गाउँमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । बैठकमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि जडीबुटीजन्य र औषधिजन्य वस्तुको उपयोग बढाउनुपर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

सीमावर्ती क्षेत्रमा बसिरहेका नागरिकका विषयमा पनि छलफल भएको थियो । क्वारेन्टाइनको क्षमता विस्तार गर्ने र एउटा प्रयोजनका लागि पास लिएका सवारीसाधन अर्काे प्रयोजनका लागि प्रयोग हुन नदिने विषयमा पनि छलफल भएको थियो ।

उनले भने, “एम्बुलेन्सले बिरामी बाहेकका अरू बोकिरहेको र खाद्यान्न ढुवानी गर्ने सवारी पनि अरू काममा प्रयोग भएका विषयमा पनि छलफल भएको छ ।”

यसअघि आज दिउँसो बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दी (लकडाउन)को समय थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको समितिको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले वर्तमान अवस्थामा बन्दाबन्दी नै प्रभावकारी माध्यम भएकाले यसलाई बढाउनुपर्ने निष्कर्षसहित सरकारलाई सिफारिस गरेको थियो ।

सरकारले यसअघि लम्ब्याएको लकडाउनको अवधि भोलि सोमबार सकिँने भएसँगै सरकारले आजै लकडाउन लम्ब्याएको हो । सरकारले नेपालका कोरोना भाइरसको संक्रमण देखिन थालेसँगै गत चैत ११ गतेदेखि लकडाउनलाई निरन्तरता दिँदै आएको छ ।

कोरोना संक्रमणको कारण नेपालमा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । ३६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ८ : २९ बजे

बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज

राप्तीमा घडियाल गोहीको गणना सुरु

नेपालगञ्ज – बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु

नाइजेरियामा ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

लागोस – नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या

प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित

काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन

खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारतले जित्यो उपाधि

काठमाडौं – प्रथम खो खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता