सिन्धुपाल्चोकको बाह्रबिसेमा सातजना आइसोलेशनमा, २३ जना क्वारेन्टाइनमा « Khabarhub

सिन्धुपाल्चोकको बाह्रबिसेमा सातजना आइसोलेशनमा, २३ जना क्वारेन्टाइनमा


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रविसे निवासी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरस सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएपछि उनको परिवारसहित सातजनालाई आइसोलेशनमा राखेर उपचार भइरहेको जनाइएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार उनीहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्ने कार्य भइरहेको छ ।

यसैगरी धुलिखेल अस्पतालमा रहेको क्वारेन्टाइनमा १० जनासहित अरू विभिन्न स्थानबाट आएका २३ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखेको र उनीहरुको कोरोना परीक्षण भइरहेको डा झाले बताए ।

यसैबीच कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टका संयोजक एवं काभ्रेपलाञ्चोकका प्रजिअ श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा आज बसेको बैठकले जिल्लामा शववाहन नभएको हुँदा बनेपास्थित शिर मेमोरियल अस्पतालमा नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त भएको एम्बुलेन्सलाई शववाहनका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

सिन्धुपाल्चोकका २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएपछि शवको व्यवस्थापन तथा दाहसंस्कारका लागि लैजान शववाहन नपाएपछि आज बसेको बैठकले कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको अवस्थामा शवको व्यवस्थापन तथा दाहसंस्कारका लागि शिर मेमोरियल अस्पतालमा नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त भएको एम्बुलेन्सलाई शववाहनका रुपमा प्रयोग गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा झाले बताए ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ९ : २४ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन