सिन्धुपाल्चोकको बाह्रबिसेमा सातजना आइसोलेशनमा, २३ जना क्वारेन्टाइनमा « Khabarhub

सिन्धुपाल्चोकको बाह्रबिसेमा सातजना आइसोलेशनमा, २३ जना क्वारेन्टाइनमा


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रविसे निवासी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरस सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएपछि उनको परिवारसहित सातजनालाई आइसोलेशनमा राखेर उपचार भइरहेको जनाइएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार उनीहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्ने कार्य भइरहेको छ ।

यसैगरी धुलिखेल अस्पतालमा रहेको क्वारेन्टाइनमा १० जनासहित अरू विभिन्न स्थानबाट आएका २३ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखेको र उनीहरुको कोरोना परीक्षण भइरहेको डा झाले बताए ।

यसैबीच कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टका संयोजक एवं काभ्रेपलाञ्चोकका प्रजिअ श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा आज बसेको बैठकले जिल्लामा शववाहन नभएको हुँदा बनेपास्थित शिर मेमोरियल अस्पतालमा नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त भएको एम्बुलेन्सलाई शववाहनका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

सिन्धुपाल्चोकका २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएपछि शवको व्यवस्थापन तथा दाहसंस्कारका लागि लैजान शववाहन नपाएपछि आज बसेको बैठकले कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको अवस्थामा शवको व्यवस्थापन तथा दाहसंस्कारका लागि शिर मेमोरियल अस्पतालमा नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त भएको एम्बुलेन्सलाई शववाहनका रुपमा प्रयोग गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा झाले बताए ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ९ : २४ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्