जनस्वास्थ्य निर्देशक कार्कीमाथि भएको दुर्व्यवहारबारे छानबिन गर्न समिति गठन « Khabarhub

जनस्वास्थ्य निर्देशक कार्कीमाथि भएको दुर्व्यवहारबारे छानबिन गर्न समिति गठन


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको नागढुङ्गामा वाग्मती प्रदेशका जनस्वास्थ्य निर्देशक नारायण कार्कीमाथि गरिएको दुर्व्यवहारको विषयमा छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आज छानबिन समिति गठन गरेको छ ।

कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरको संयोजकत्वमा प्रहरी निरीक्षक विष्णुप्रदीप बस्याल सहभागी दुई सदस्यीय छानबिन समिति गठन गरिएको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार प्रहरीको उपस्थितिमा उक्त घटना घटेको पाइए प्रहरीलाई समेत कारवाही गर्न छानबिन समिति गठन गरिएको हो ।

यसअघि कार्कीमाथि दुर्व्यवहार गरेको आरोपमा आज बिहान चन्द्रागिरि नगरपालिका–४ का उत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा स्वयंसेवीको नाममा उनले त्यहाँ खानतलासी गरेको श्रव्यदृश्य सार्वजनिक भएको थियो । उक्त घटनाको सर्वत्र विरोध भएको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १० : २९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका