प्रधानमन्त्री ओलीद्वारा कोरोनाबाट निधन भएकाहरुप्रति दुःख व्यक्त « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा कोरोनाबाट निधन भएकाहरुप्रति दुःख व्यक्त


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९को संक्रमणबाट मृत्यु भएकाहरुप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आज  ट्विट गर्दै भन्नुभयो, “कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ ।”

उनले मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन् । नेपालमा पहिलो पटक सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसबाट मृत्यु भएको थियो । आज आइतबार पनि बाँकेमा एक युवाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १० : ५० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका