पहिरोमा पुरिएका बालकको शव पाँच दिनपछि भेटियो « Khabarhub

पहिरोमा पुरिएका बालकको शव पाँच दिनपछि भेटियो


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुश्मा- पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ ।

पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव बुधबार बिहान फेला परेको हो । गत शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए ।

गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर मंगलबार दिनभरसमेत खोजी गरिएको भए पनि आज बिहान स्थानीयवासीले शव फेला पारेको स्थानीय प्रभु गुरुङले जानकारी दिए ।

पहिरोमा परी मृत्यु भएका तुलबहादुर थापाको परिवारका चार र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको संगम रहेको धार्मिकस्थल मोदीवेणीमा सोमबारै सामूहिक अन्त्येष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको बाग्लुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको छ ।

दुर्लुङमा शनिबार राति दुई घण्टासम्मको भारी वर्षापछि गएको पहिरोमा परेर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनाकुमारी, छोरी ३४ वर्षीया दीपा, नातिनी ११ वर्षीया विविशा, नातिहरु १५ वर्षीय सम्राट र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो । यसैगरी पहिरोमा परेर २८ वर्षीया कमला विकका आठ वर्षीया छोरी प्रमिशा र १४ वर्षीय छोरा जेनिशको मृत्यु भएको छ ।

यसैबीच बुधबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुर्लुङ गाउँ कमिटीको अगुवाइमा बालकको खोजी गर्दा घरभन्दा तल चौतारी नजिक शव भेटिएको नेकपाका नेता डोलराज शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  १० : ५६ बजे

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल

राहदानी विभागमा नयाँ प्रणाली सुरु : एक करोड डेटा एकसाथ सारियो

काठमाडौँ – परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा धेरै