सुर्खेतमा ‘आत्महत्या’ गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि « Khabarhub

सुर्खेतमा ‘आत्महत्या’ गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि

अर्घाखाँचीको क्वारेन्टिनमै आत्महत्या गरेका पुरुषमा पनि कोरोना पुष्टि


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी भनिएकी एक महिलाको मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सुर्खेतमा आत्महत्या गरेकी भनिएकी ती महिलामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

डा. तिवारीका अनुसार ती महिला जेठ १२ गते भारतबाट नेपाल आएकी थिइन् । भारतबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेपछि आरडीटी विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो ।

ती महिलाले यही असार १ गते, सोमबार आत्महत्या गरेको जनाइएको छ । उनको शव असार २ गते मंगलबार पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो ।

भारतबाट आएको भनेपछि अस्पतालले मृतक महिलाको शव पोष्टमार्टम गर्नुअघि मंगलबार साँझ नै वाब संकलन गरेको थियो । उनको बुधबार आएको रिपोर्ट पोजेटिभ देखिएको डा. तिवारीले बताए ।

कर्णाली प्रदेशमा यसअघि ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा बुधबार थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।

जसमध्ये १ हजार १६७ जना निको भएर डिस्चार्ज भएका छन् ।

यसैबीच अर्घाखाचीमा क्वारेन्टाइन मै आत्महत्या गरेका एक पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डाक्टर राजेन्द्र गिरीका अनुसार अर्घाखाँचीमा क्वारेन्टाइनमा आत्महत्या गरेका ४५ वर्षीय पुरुषको कोरोमा परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

डा गिरीका अनुसार उनको पीसीआर विधिबाट गरिएको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो । अर्घाखाँचीका सितगंगा नगरपालिका वडा नम्बर ५ का ४५ वर्षका ती पुरुषले हिजो राति क्वारेन्टाइन नजिकै आत्महत्या गरेको नगरप्रमुख सूर्य प्रसाद अधिकारीले खबरहबलाइ बताए । नगरप्रमुख अधिकारका अनुसार ती पुरुष गर जेठ १० गते भारतबाट नेपाल आएका थिए ।

उनलाई स्थानीय क्वारेन्टाइनमा राखिएको १४ दिनपछि आरडीटी विधिबाट गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । आरडीटी विधिबाट रिपोर्ट पोजेटिभ आएपछि उनको स्वाब संकलन गरी जेठ २५ गते प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो ।

उनको आज रिपोर्ट पोजेटिभ आएको हो । शितगंगा नगरपालिकाका नगरप्रमुख अधिकारका अनुसार ती पुरुषको शव सेनाद्वारा अन्तेष्टि गरिसकिएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ८ : ०१ बजे

विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १८८ दरखास्त स्वीकृत

काठमाडौं । विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढेको छ

उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको हेलीबाट उद्धार

गोरखा – उत्तरी गोरखा विकट धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी

अनुसन्धान मबाट सुरु होस् : राजिव खत्री

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजिव खत्रीले राष्ट्रिय

आयोगको प्रतिवेदनमा आफ्नो नाम देखेपछि आशिकाको आक्रोश : हिंसा गरेको छैन, केवल अन्यायविरुद्ध बोलेको हुँ

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो

वैदेशिक रोजगारसँग सम्बन्धित अव्यवहारिक ऐन संशोधन गर्न आग्रह

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले वैदेशिक रोजगार