ट्वीटर खाता ह्याक प्रकरणमा एफबीआईले सुरू गर्‍यो अनुसन्धान « Khabarhub

ट्वीटर खाता ह्याक प्रकरणमा एफबीआईले सुरू गर्‍यो अनुसन्धान


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाका चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्वीटर एकाउन्ट ह्याक प्रकरणमा संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले अनुसन्धान थालेको छ ।

बिटकोइन घोटाला गर्न ह्याकरले एउटा ठूलो सङ्गठित साइबर हमला गरी पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतका ट्वीटर ह्याक गरेको थियो ।

उक्त प्रकरणपछि ट्वीटरले धेरै भेरिफाइड एकाउन्टबाट सोही प्रकृतिका ट्वीट हुनबाट रोकेको र थप अनुसन्धान भइरहेको उल्लेख गरिरहँदा एफबीआईले पनि अनुसन्धान सुरू गरेको हो ।

एकाउन्ट ह्याक भएको सम्बन्धमा ट्वीटरले जुलाई २३ मा अमेरिकी सिनेटको वित्त समितिलाई ब्रिफिङसमेत गर्नुपर्ने भएको छ ।

अमेरिकी समय अनुसार बुधबार भएको ह्याकिङपछि ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : ०६ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क