ट्वीटर खाता ह्याक प्रकरणमा एफबीआईले सुरू गर्‍यो अनुसन्धान « Khabarhub

ट्वीटर खाता ह्याक प्रकरणमा एफबीआईले सुरू गर्‍यो अनुसन्धान


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाका चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्वीटर एकाउन्ट ह्याक प्रकरणमा संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले अनुसन्धान थालेको छ ।

बिटकोइन घोटाला गर्न ह्याकरले एउटा ठूलो सङ्गठित साइबर हमला गरी पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतका ट्वीटर ह्याक गरेको थियो ।

उक्त प्रकरणपछि ट्वीटरले धेरै भेरिफाइड एकाउन्टबाट सोही प्रकृतिका ट्वीट हुनबाट रोकेको र थप अनुसन्धान भइरहेको उल्लेख गरिरहँदा एफबीआईले पनि अनुसन्धान सुरू गरेको हो ।

एकाउन्ट ह्याक भएको सम्बन्धमा ट्वीटरले जुलाई २३ मा अमेरिकी सिनेटको वित्त समितिलाई ब्रिफिङसमेत गर्नुपर्ने भएको छ ।

अमेरिकी समय अनुसार बुधबार भएको ह्याकिङपछि ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : ०६ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर