स्थायी कमिटी बैठक फेरि सर्‍यो, ४ गते बस्ने « Khabarhub

स्थायी कमिटी बैठक फेरि सर्‍यो, ४ गते बस्ने


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक ४ गते (आइतबार) लाई सारिएको छ । नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले आज ३ बजे बस्ने भनिएको बैठक आइतबार ३ बजे बस्ने तय भएको बताए ।

शुक्रवार (आज) बिहान ११ बजे बस्ने भनिएको बैठक पुनः ३ बजेलाई सारिएको थियो । नेकपाभित्रको आन्तरिक विवादका कारण बैठक पटकपटक सर्दै आएको छ ।

आइतवारको स्थायी कमिटीमा बैठकमा पार्टी र सरकारको समन्वय, शक्तिको बाँडफाँट, एकताका बाँकी काम, एमसिसी सम्झौता अनुमोदन आदिमाथि छलफल हुनेछ ।

असार १८ गतेदेखि लगातार स्थगित भएको नेकपा स्थायी कमिटी बैठक आजलाई बोलाइएको थियो । आज पनि बिहान ११ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर दिउँसो ३ बजेलाई सारिएको थियो । बैठकको केही समय बाँकी रहँदा पुनः बैठक सरेको हो ।

पटक–पटक गरेर दुई साता स्थायी कमिटी बैठक स्थगित भइसकेको छ । बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपामा चुलिँदै गएको विवाद मिलाउने प्रयास गरिरहेका छन् । प्रचण्ड–नेपाल पक्षले ओलीको राजीनामा माग्ने र ओलीले राजीनामा नदिने अडान दोहोर्‍याएपछि बैठक विना निष्कर्ष टुंगिँदै आएको छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिमा पुग्न नसकेपछि आज हुने भनिएको स्थायी कमिटी बैठकमा पनि दुई खेमा (ओली र प्रचण्ड–माधव) बीच विवाद झन् चर्किने सम्भावना बढेको थियो ।

बिहीबार भएको वार्तामा पनि दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा गर्न दबाब दिएपछि ओलीले आफूले राजीनामा नदिने अडान राख्दै हटाउने नै हो भने विधिसम्मत रूपमा हटाउन चुनौती दिएका थिए । उनले विधिसम्मत प्रक्रिया सामना गर्न तयार भएको बताएका थिए ।

ओलीको राजीनामा नदिने अडानपछि दुवै पक्षले बिहीबार साँझ आ–आफ्ना समूहको बैठक राखेर रणनीति बनाइसकेका थिए ।

आजको स्थायी कमिटी बैठकमा पनि ओलीको राजीनामा मागिने र सहमति नभएको सन्देश दिँदै केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिने ओलीइतर समूहको तयारी थियो ।

नेकपाका ९ सदस्यीय सचिवालय, हाल ४४ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ओली अल्पमतमा देखिएका छन् । ओली अल्पमतमा परेकाले पनि अर्को पक्षले उनलाई पार्टी र सरकारको कार्यकारी भूमिकाबाट हटाउने प्रयास गरेको हो ।

बहुमतबाट पक्ष हटाउने प्रयास गर्दा पार्टी फुटको संघारमा पुगेपछि नेताहरू पछि हटेका थिए । दुवै पक्ष आ–आफ्ना अडानमा कायम रहेपछि विवाद चर्किंदै जाने संकेत देखिएको छ ।

 

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १ : ५२ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित