क्वारेन्टिनमा बसेका युवकले झुण्डिएर गरे आत्महत्या « Khabarhub

क्वारेन्टिनमा बसेका युवकले झुण्डिएर गरे आत्महत्या


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेसीशहर – लमजुङमा क्वारेन्टिनमा बसेका एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।

यहाँको क्व्होलासोथार गाउँपालिका–६ पसगाउँका २३ वर्षीय युवकले आत्महत्या गरेको साल्मे भञ्ज्याङ स्वास्थ्यचौकीका इन्चार्ज सन्तोषबाबु सुवेदीले जानकारी दिए ।

ती युवक असार ३१ गतेदेखि बुद्धोदय माविको क्वारेन्टिनमा बस्दै आएका थिए । उनी बुटवलबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

क्वारेन्टिनमा उनी एक्लै बस्दै आइरहेका थिए । आफैं पकाएर खाने गरेका उनले भान्सा कोठामा झुण्डिएर आत्महत्या गरेको सुवेदीले बताए ।

फागुनमा दिदीको घर बुटवल गएका ती युवक असार ३१ मा गाउँ गएका थिए । पछि उनलाई गाउँपालिकाको नियमअनुसार क्वारेन्टिनमा राखिएको थियो ।

लमजुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले शवको पोस्टमार्टम गर्न दमौली या बेसीशहर लैजाने तयारी भएको बताए ।

उनको पीसीआर परीक्षणका लागि स्वाबसमेत संकलन गरिने भएको छ ।

 

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ४ : ०४ बजे

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री