लिम्पियाधुरा समेटिएको नक्सा र प्रमाण समेटेर पुस्तक प्रकाशनको तयारी « Khabarhub

लिम्पियाधुरा समेटिएको नक्सा र प्रमाण समेटेर पुस्तक प्रकाशनको तयारी


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा समेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धी विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताएकी छिन् ।

आज शुक्रबार मन्त्रालयमा आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विस्तृत रुपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत मन्त्रालयले कामको थालनी गरेको मन्त्री अर्यालले बताइन् ।

उनले भनिन्, ‘कालापानी, लिम्पियाधुरासम्मका भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तराष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाणहरु राखेर निकट भविश्यमै त्यो किताब प्रकाशन गर्ने तयारीमा छौ ।’

मन्त्रालयको नेतृत्व भूमि प्रशासनको क्षेत्रमा नयाँ ढंगले जानका निम्ति जमर्को गरिरहेको भन्दै उनले एकपछि अर्को गर्दै विगतमा भन्दा सिर्जनशील, प्रगतिशील र मौलिक ढंगले अगाडि बढ्ने पनि बताइन् ।

केही नयाँपन दिनका निम्ति मन्त्रालयको टिमले संकल्प गरेको भन्दै उनले नयाँ छवि दिने भन्ने मन्त्रालयको टिमले संकल्प रहेको समेत बताइन् । ‘यहाँहरुले देख्नुभएकै छ, एकपछि अर्को गर्दै नयाँखालका काम हामीले बाहिर पनि ल्याएका छौं । यसको नतिजा आइसकेको पनि छ,’ उनले भनिन् ।

राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्ने गरी मन्त्रालयले महत्वपूर्ण काम गरेको भन्दै विगतमा छुट्याइएको भू-भाग समेटेर नेपालको नक्सा जारी गरेको उनले बताइन् ।

तथ्य प्रमाणका आधारमा नक्सा प्रकाशन गरेपछि ती तथ्य प्रमाणहरुमा काम गरिरहँदा ‘हिजोदेखि ती चिजहरु हामीसँग भएको भए समस्या हुने थिएन’ भन्ने कुराहरु पनि प्रकट भएको भन्दै मन्त्री अर्यालले त्यो विषयका बुझाइमा पनि अनेकता रहेको बताइन् ।

‘ती बुझाइका अनेकतालाई एकरुपतामा ल्याउनका निम्ती र भएका इतिहासलाई लिपिबद्ध गर्नका निम्ती अब हामीले लिपिबद्ध गर्न गइरहेका छौ’, उनले भनिन् ।

मन्त्रालय वार्षिक कार्ययोजनामा मात्र केन्द्रित नभएर अन्य फरक खालका सिर्जनशील कार्यमा पनि हामी अगाडि बढेको मन्त्री अर्यालले बताइन् ।

भूमि व्यवस्था मन्त्रालयले प्रकाशन गरेको भूमि शब्दकोशको तेस्रो संस्करण र २०४७ सालयता मन्त्रालयद्वारा गठन गरिएका केन्द्रीय आयोगहरुको गठन आदेश, कार्यादेश, आयोगले गरेका कामकारवाही समेटिएको पुस्तक मन्त्री अर्यालले विमोचन गरेकी हुन् ।

मन्त्री अर्यालले भूमि शब्दकोषले भूमिसम्बन्धी शब्दका बारेमा ज्ञान बाँड्ने, कमीकमजोरी सच्याउने बताउँदै शब्दकोशमा छुटाइएको भूमि समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा समेत समेटिएकाले पुस्तक विशेष रहेको जानकारी दिइन् ।

कार्यक्रममा पुस्तकका बारेमा जानकारी दिँदै मन्त्रालयबाट गत वैशाखमा अवकाश प्राप्त उपसचिव गोपाल गिरीले प्रत्येक शब्दहरुमा विवाद र दोहोरो अर्थ लाग्ने समस्या देखिन थालेपछि मन्त्रालयले भूमि शब्दकोश तयार पारेको र यसलाई समयअनुसार परिमार्जन गर्दै शब्द थप्दै जानुपर्ने बताइन् । आयोग सम्बन्धी पुस्तकमा २०४७ सालपछिका १२ वटा आयोगहरु समेटिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ४ : २० बजे

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री