आज १०१ जना थपिए, सक्रिय संक्रमित-५,८७१ (विवरणसहित) | Khabarhub Khabarhub

आज १०१ जना थपिए, सक्रिय संक्रमित-५,८७१ (विवरणसहित)


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको पीसीआर परीक्षण भएकोमा १०१ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा हालसम्म  सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८७१ रहेको छ भने ११ हजार ५३४ जना निको भएका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका एकजना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका एकजना र मोरङका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एकजना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धुनषाका ८ जना, नारायणी अस्पताल विरगंजमा पर्साका २ जना, बाराका एकजना संक्रमित भएका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका २ जना र नुवाकोटाका २ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराका २ जना, मकवानपुरका एकजना, नवलपरासी पूर्वका ३ जना, रौतहटका ८ जना र सिन्धुलीका एकजना संक्रमित भएका छन।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रेका एकजना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, पाल्पाका एकजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा लमजुङका २२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंज प्रयोगशालामा बर्दियाका १० जना, दाङ ५ जना र रोल्पाका १३ जना संक्रमित भएका छन् ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रुपन्देहीका एकजना, चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका एकजना र रुकुम पश्चिमका एकजना संक्रमित भएका छन् ।

यस्तै डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका एकजना, बझाङका एकजना र डोटीका एकजना संक्रमित भएका छन् । योसँगै हालसम्म १७ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ५३४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

कुन प्रदेशमा कतिले ज्यान गुमाए ?

प्रदेश नं १ मा शुन्य

प्रदेश नं २ मा ६ जना

बाग्मती प्रदेशमा ९ जना

गण्डकी प्रदेशमा ५ जना

प्रदेश नं ५ मा १० जना

कर्णाली प्रदेशमा ४ जना

सुदूरपश्चिम प्रदेशमा ६ जना

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ४ : ५६ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न