काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छैन: स्वास्थ्य मन्त्रालय « Khabarhub

काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छैन: स्वास्थ्य मन्त्रालय


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण नफैलिएको दाबी गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत काठमाडौं उपत्यकाको समुदायमा कोरोना संक्रमण नफैलिएको बताएका हुन् ।

डा गौतमका अनुसार काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था हेर्न स्वास्थ्य मन्त्रालयले उपत्यकाका विभिन्न स्थानमा ४ हजार ८ सय जनाको नमुना परीक्षण गरेको जनाएको छ ।

उक्त परीक्षणको नतिजाले काठमाडौंमा समुदायमा कोरोना संक्रमण नफैलिएको देखिएको प्रवक्ता गौतमले बताए ।

‘काठमाडौं उपत्यका भित्र गरिएको समुदायस्तरको भीडभाड हुने विभिन्न स्थानहरुमा परीक्षणका क्रममा ४ हजार ८ सय जनाको नमुना संकलन गरिएकोमा आजको नतिजाहरुले काठमाडौंमा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छैन भन्ने तथ्यंलाई प्रष्ट पारेको छ,’ डा गौतमले भने, ‘अन्य तथ्य र प्रमाणहरुले समुदायमा कोरोना संक्रमण छ भन्ने कुरालाई कहीँ कतै सहयोग गरेको पाइएको छैन ।’

डा गौतमले काठमाडौं उपत्यकामा समुदाय स्तरमा गरिएको परीक्षणबाट ३ जनामा कोरोना संक्रमण भने पुष्टि भएको बताए ।

जसमध्ये २ जना बिदेशबाट आएका व्यक्ति र एकजना ब्युटि पार्लरमा काम गर्ने व्यक्ति भएको डा गौतमको भनाइ छ ।

डा गौतमले कोरोना संक्रमणबाट बच्न र बचाउँन सबै सचेत हुनुपर्ने पनि बताए । उनले कोरोना भाइरसको संक्रमण दर कम भए पनि जोखिम कम नभएको बताए ।

उनले लकडाउन खुकुलो भएसँगै बजार तथा सडक जनस्वास्थ्यका लागि जोखिम बढिरहेको पनि बताए ।

डा गौतमले कोभिड संक्रमणको अवस्थाभन्दा अगाडिको समय जस्तो अवस्था अहिले नभएको पनि बताए । उनले कोरोना संक्रमणको जोखिमबाट सहज अवस्थामा आउन अझै समय लाग्ने पनि बताए ।

उनले धेरै भिडभाड भएका स्थानमा कोरोना संक्रमणको जोखिम बढी हुने भएकाले उच्च सुरक्षा सतर्कता अपनाउन पनि आग्रह गरे ।

डा गौतमले कोरोना रोकथाम र नियन्त्रणका लागि एकअर्काबीच कम्तिमा २ मिटर टाढा बस्ने, पटक-पटक साबुन पानीले हात धुने र भिडभाडमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न पनि सुझाव दिएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ५ : २९ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान