कोभिड–१९ रोकथामबारे ट्राफिक प्रहरीले लेखे निबन्ध « Khabarhub

कोभिड–१९ रोकथामबारे ट्राफिक प्रहरीले लेखे निबन्ध


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सधैँ सडकमा सिटी बजाउँदै सवारी नियम पालनामा तल्लिन हुन्छन् ट्राफिक प्रहरी । उनीहरुलाई कुन गाडीले नियम मिच्यो र कुन गाडी नियमानुसार चल्यो भन्नेमा मात्रै ध्यान हुन्छ ।

त्यसरी सधैँ सडकमा देखिने ट्राफिक प्रहरीले यसपाली साहित्य लेखनमा आफ्नो क्षमता देखाए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले इम्पेरियल बिजनेस कलेजको सहकार्यमा ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण’का विषयमा आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताको प्रतिस्पर्धामा उनीहरु उत्रिएका हुन् ।

खाली समयको सदुपयोग गर्दै सिर्जनशील तथा अध्ययनशील बनाउनुका साथै नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सकिने उपायको खोजीका लागि उक्त कार्यक्रम आयोजना गरिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

प्रतिस्पर्धामा उत्रिएका ५१ प्रहरीमध्ये महानगरीय ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले बाजी मार्दै चार हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा प्रहरी नायब निरीक्षक शम्भु सुस्केरा दोश्रो, प्रहरी जवान प्रकाश ढकाल तेश्रो भए । प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद न्यौपाने र गोपाल तामाङले क्रमश चौथो तथा पाँचौँ हुँदै पुरस्कार प्राप्त गरे ।

आज महाशाखामा एक समारोहका बीच महाशाखा प्रमुख ढकाल, इम्पेरियल बिजनेस कलेजका प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोले, घुन्सा फाउण्डेशनका अध्यक्ष याङजोङ शेर्पा र प्रहरी उपरीक्षक वामदेव गौत्तमले पुरस्कार प्रदान गरेका थिए ।

ट्राफिक प्रहरीले आफ्नो ड्यूटीका क्रममा कोरोनाबाट उत्पन्न समस्या, सङ्क्रमणबाट बच्ने उपाय, ट्राफिक प्रहरीको कर्तव्य र नागरिकमैत्री व्यवहारलगायतका विषय समेटी निबन्ध लेखेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : ३१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित