रवीन्द्र मिश्रले भने : महत्वपूर्ण नेताले पार्टी छोडे पनि हामी अघि बढ्नैपर्छ « Khabarhub

रवीन्द्र मिश्रले भने : महत्वपूर्ण नेताले पार्टी छोडे पनि हामी अघि बढ्नैपर्छ


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले दुईजना नेता डा. सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गर्नुलाई खेदजनक स्थिति भनेका छन् ।

उनले दुवै जनालाई ‘महत्वपूर्ण नेता’ भन्दै पार्टीमा विकसित घटनाक्रमबाट सबै चिन्तित भएको बताएका छन् ।

शुक्रबार पार्टी सदस्यहरूका लागि एक सन्देश जारी गर्दै मिश्रले आफूसहित पार्टीका केन्द्रीय नेता सबैले यस्तो स्थिति नआओस् भनेर आफ्नो बुद्धि र विवेकले भ्याएसम्म प्रयास गरेको पनि बताएका छन् । उनले केन्द्रीय समितिले गरेको निर्णय मान्दा दुई जना नेता अलग्गिएको जनाएका छन् ।

उनले भनेका छन् ‘केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा हामी अघि बढ्नु पर्दथ्यो र हामीले त्यसै ग¥यौँ । त्यसो गर्दा पार्टीका दुईजना महत्वपूर्ण नेता डा. सूर्यराज आचार्य तथा मुमाराम खनाल हामीबाट अलग्गिनु भयो । त्यो हाम्रा लागि अत्यन्तै खेदजनक स्थिति हो ।’

मिश्रले जे भए पनि यात्रा कायम राख्नुपर्ने र अझ दृढताका साथ अघि बढ्नुपर्ने बताएका छन् । उनले भनेका छन्

‘राजनीतिमा दशकौँदेखिको बेथिति र दिशाहीनताको विशाल र जब्बर चट्टान फोड्न सहज छैन । त्यसका लागि आदर्शमात्र भएर पुग्दैन राजनीतिक सुझबुझ र व्यावहारिकता दुबैको खाँचो हुन्छ । त्यो खाँचो पूरा गर्न हामी प्रतिबद्ध छौँ ।’

मिश्रले विगत तीन वर्षका आरोह–अवरोहले धेरै सिकाएको र त्यो अनुभवका आधारमा परिष्कृत हुने बेला आएको छ भन्दै मन, वचन र कर्मले अघि बढ्न आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘यथार्थको धरातलमा हामीलाई नराम्रोसँग बजारेको पनि छ । यो क्रममा हामीले केही हासिल ग¥यौँ, केही गुमायौँ । नदीमा घोटिँदै गएपछि मात्र ढुङ्गा चिल्लो हुँदै जाने हो । हामी गत तीन वर्षमा राम्रैसँग घोटियौँ तर त्यो अनुभवका आधारमा अब हामी परिष्कृत हुने बेला आएको छ ।’

उनले साझा पार्टीले विगतका अनुभवहरूलाई ध्यानमा राख्दै समान सोच भएका पार्टी, समूह र व्यक्तिहरूसँग एकीकण र ध्रुवीकरण, पार्टी पुनर्गठन र सुदृढीकरण गर्दै राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने तेस्रो ध्रुवको निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेका छन् ।

मिश्रले पार्टी सदस्यहरूको आत्मविश्वास नडगमगाओस् भन्ने कामना पनि गरेका छन् । उनले भनेका छन्, ‘७० वर्षभन्दा पुराना राजनीतिक दलहरूले जकडाएर राखेको र विकृत बनाएको समाज र यो देश रूपान्तरण गर्ने यात्रा सहज हुनेवाला थिएन र अझै पनि सहज हुनेछैन । यो जटिल घडीमा चट्टान झैँ एक र दृढ रहनुभएकोमा म शिर नुहाएर तपाईंलाई नमन गर्न चाहन्छु ।’

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ८ : ११ बजे

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि-२०८३ स्वीकृत

काठमाडौं- प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

राष्ट्रिय सहमति बिना संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न सक्दैन : नेकपा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले राष्ट्रिय सहमति बिना संविधान संशोधनको

अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत भएको इरानको आरोप

एजेन्सी – इरानले संयुक्त राज्य अमेरिकाले गरेको भनिएको पछिल्लो सैन्य आक्रमणको